Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सोमबार चुनावी घोषणापत्र वाचापत्र सार्वजनिक गरेका छन्। जसमा उनले मुख्य ९ वटा प्रतिबद्धता जनाएका छन्।
मेरो प्रतिबद्धता
– राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र २०८२ ः थिति बसाल्ने संकल्प ’कार्यान्वयनको नेतृत्व गर्नेछु।
– नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नेछु।
– राष्ट्रहितविपरीत कुनै पनि सम्झौता गर्ने छैन ।
– सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नेछु।
– विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिनेछु ।
– झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्नेछु ।
– राजनीतिलाई पेसा होइन, सेवा बनाउनेछु ।
– मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्नेछु ।
– मेरो राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित हुनेछ।


२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल