Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह लौरो चुनाव चिन्हमै आगामी निर्वाचनमा भिड्ने योजना बनाइरहँदा एकाएक रास्वपासँगको एकतापछि अब रास्वपाको घण्टी बोकेर बालेन शाह मैदानमा उत्रिने भएका छन् । ललितपुरका विकासप्रेमी स्व. नरसिंह व्यञ्जनकारको निवास ज्वागलमा आफ्नो राजनीतिक भेटघाटको थलो बनाएका बालेनले देश विकास पार्टीको अस्तित्व नामेट बनाएका छन् । उनीसँग पूर्व प्रम डा. बाबुराम भट्टठराई, रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ, काँग्रेसका सांसद डा. सुनिल शर्मा, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, दलित अभियन्ता खगेन्द्र सुनार, जेनजी अभियन्ता रक्षा बम, सुदन गुरुङसम्मको त्यो भेटघाटले रैथाने राजनीतिक दलहरूलाई हल्लाइदिएको थियो । तर पार्टी एक बनाउन बालेन शाह र रवि लामिछानेहरू तयार हुँदा कुलमान घिसिङले आफ्नो अस्तित्व नामेट बनाउन चाहेनन् । विकास र समृद्धिको कुरा गर्ने तर काममा चासो नदिने काँग्रेस, एमालेलाई संसद पुनस्र्थापनाको रमझम मै रमाउनु छ । दलीय रुपमा रैथानहरूको चमक बढाउने प्रयास भइरहेको छ । जति गल्ती गरे पनि आफ्नालाई नै जनताले रोज्छन् भन्ने घमण्डले काँग्रेस, एमालेलाई गजडेको छ । सरकारमा रहँदा नीतिगत भ्रष्टाचार र विकृतिको तलाउमा रमाएकाहरू आफ्नो कार्यशैली परिवर्तन गर्न चाहेका छैनन् । केपी ओलीको दम्ब र अहंकारमा रमाएका काँग्रेस सभापतिलाई छैटौं पटक प्रधानमन्त्री बन्ने रहर जागेको छ । आफ्नो सत्ताकालमा बिर्सन नसक्ने कुनै काम नगरे पनि भ्रष्टाचारकी कुलायन डा. आरजु राणाले जेनजी आन्दोलनमा गुमाएको पैसा उपर गर्लिन् भन्ने अपेक्षा देउवामा हुनसक्छ । त्यही कारण देश चुनावमा होमिएको भए पनि संसद पुनस्र्थापना गराउन देउवा र ओलीले सर्वोच्चका न्यायाधीशहरूलाई दबाव दिने काम गरेका छन् । काँग्रेस, एमालेले सिर्जना गरेको जेनजी आन्दोलन भाद्र २३ को कत्लेआम र २४ को विध्वंशलाई आफ्नै कुर्सी टेबल, मुद्दाका मिसिल खरानी भएको अदालतका न्यायमूर्तिहरूले देखेकै छन् । अहंकार र दम्बको खानी नेतृत्वलाई ठाउँको ठाउँ थन्क्याउन जनताले सक्छन् । दुई तिहाईको दम्बले भ्रष्टाचारीको संरक्षण, विचौलियाको हित, तस्कर र माफियासम्मको सेवा गरेको काँग्रेस, एमालेको दमनका विरुद्ध शहरी क्षेत्र एकजुट भयो भने पहाड र मधेशमा नेपाली कम्युनिष्ट पार्टीको प्रभाव बढ्दो छ । काँग्रेस र एमालेको दुई तिहाई राज्य दोहनमा कसरी प्रयोग भयो जनताले देख्यो । तर पनि केपी र देउवालाई आत्मग्लानी पनि छैन । देशमा झण्डै भाद्र २३ र २४ स्मरण गर्ने तागत अरुमा छैन भन्ने व्यवहार देखाउँदैछन् । एमालेका स्वार्थी हनुमानहरूको भिडले केपीलाई तेस्रो चरणको अध्यक्ष बनायो । तर ओलीले आफूबाहेक अरुका लागि ठाउँ राखेनन् भन्ने कुरा पनि उनकै अहंकारले छर्लङ्ग बनाएको छ । दास अनुदाशहरूलाई अगाडि पछाडि लगाएर पार्टी कब्जा गर्नेहरूको अवस्था जेनजी आन्दोलनले खस्काएको छ । एमालेले निर्वाचन क्षेत्र देखिनै४० वर्ष मुनिको युवालाई केन्द्रीय सदस्यमा कोटा छुट्याउन बाध्य भएको छ । काँग्रेसमा ४० प्रतिशत कोटा छुट्याउन दबाव दिने आँट जेनजी आन्दोलनले दिएको हो । तत्कालिन माओवादी जनयुद्धकै सहयात्री युवाहरू नेतृत्वमा थिए । समाजमा पिछडिएको वर्गलाई समेत स्थानीय तह, प्रदेश र संघमा उपस्थित गराउन सफल त्यही शक्ति भयो जुन शक्तिले अहिले छरिएर रहेका विचार र कार्यक्रम मिल्नेहरूलाई एकतामा समेटेको छ । र रविको घण्टी कुलमानको चिमभित्र नेकपाको तारा मिल्न सक्यो भने रैथाने दलहरूलाई साइजमा राख्न सघाउने छ । देश बनाउने सबै भन्छन् तर जनताको आवश्यकता अनुसार योजना बनाउन नसक्ने राजनीतिले परम्परागत योजनाहरूनै पछ्याएको कारण नयाँ पुस्तामा असन्तुष्टि बढेको हो । संघीय शासनमा देश गएको छ । तर काँग्रेस, एमालेका योजनाविद्हरूले प्रदेश र स्थानीय तहको स्वविवेकीय अधिकार दिलाउने कानुन समेत सिंहदरबारले बनाउन चाहेन । संसदको दुई तिहाई देश लुट्कै लागि प्रयोग भएकाले सरकारी सम्पत्ति कौडीको मूल्यमा बाँड्ने काम गरेकै हो । राज्यको स्रोतको संरक्षण गर्न नसक्नेहरूले जनतालाई भरपर्दो सेवा मुलक अस्पतालमा नदिने बरु अरवौं खर्चेर भ्यूटावर बनाएर भूमिाफयाहरूको सेवा गर्न तत्पर भएका थिए । यस्ता सबै विकृतिको अनुभव गरेका कुलमान, रवि, गोपी हमाल, हर्क साम्पाङ, खगेन्द्र सुनार, बालेन शाह जस्ता नयाँ अभियन्ताहरूको मन मिल्नु जरुरी छ । पदका लागि लुछाचुँडी गर्ने हो भने यो हस्याङफस्याङको कुनै अर्थ छैन । किनकि पदमा नपुग्दासम्म जनताको पदमा पुगेपछि तस्कर र माफियाको स्वार्थमा काम गर्नेहरू हिजो एमाले काँग्रेसमा जति पनि छन् ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल