Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेनसँगै चुनावी अभियानमा हिँडेका सिटौला बेहोस भएपछि उद्दारका लागि सेनाको हेलिकप्टर पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन साहका सहयोगी दिनेश सिटौला बेहोस भएका छन् । उनी अछाममा बेहोस भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाकोहेलिकप्टर अछाम पठाइएको छ । अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँग रहेका सिटौला एक्कासि शुक्रबार बिहान बेहोस भएका हुन् । बेहोस भएर लड्दा टाउकोमा चोट लागेका उनको होस खुलेको छैन् । स्थानीय डाक्टरहरूले रगत जमेको हुन सक्ने आशंका गरेका छन्। उनको उद्दार गरेर काठमाडौं पठाउन हेलिकप्टर सुर्खेतबाट मगाइएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए । नुवाकोट घर भएका ४३ वर्षीय सिटौलालाई हेलिकप्टरबाट उद्दार गरेर पठाएपछि बालेनको टोली मध्यपहाडी राजमार्ग हुँदै दैलेख जाने कार्यतालिका रहेको उनले बताए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल