Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बालेन आतंकबाट प्रम पीडित

काठमाडौं । सबैको हाईहाई भए पनि दुःखी गरिबको लागि काल, गरिखानेका लागि लुटेरा बनेको काठमाडौं महागनर प्रहरीप्रति प्रधानमन्त्री केपी ओली आक्रामक भएका छन् । एमाले अध्यक्ष समेत रहेका केपी ओलीको पार्टी महानगरका मेयर बालेन शाहको कार्यशैलीबाट पीडित छन् । प्रम ओली अरुलाई दाश ठान्छन्, बालेनले टेरेनन् । बालेन महानगरका मेयर भएर आफ्नो अधिकार क्षेत्र प्रयोग गर्दा पनि विभागीय मन्त्रालयले दिएको दुःखमा अदालतले न्याय दिएको हो । इन्द्रचोक जुद्ध शालिक फुटपाथ ठूलो बनाउँदा महानगर र भौतिक पूर्वाधार मन्त्तालयका बीचमा ठूलै द्वन्द्व चर्कियो । एमाले र काँग्रेसका जनप्रतिनिधि टोले गुण्डाको फुटपाथ पार्किङको खजना भए । तर मेयर बालेनले त्यो छाडेनन् । काठमाडौं महानगरले आफ्ना संरचना निर्माणमा बालेन फोबिया चलाएको छ । ठेक्का पट्टा दिने काममा लेनदेन हुन्छ । भौतिक पूर्वाधारको क्षेत्रमा भएको प्रतिस्पर्धामा बालेन पथमात्र केन्द्रीत छ । होटल हिल्टनले कुनै नक्सापास बिना भवन बनायो । प्रधानमन्त्रीले नक्सा बिना निर्माण भएको होटलको उद्घाटन गरे । धरहरा निर्माण पूरा नहुँदै ३ वर्ष अगाडि उद्घाटन गरेका केपी ओलीले पुननिर्माण कार्यपछिको अवधिमा पुनः उद्घाटन गरेर धरहरा खोलेको धेरै भएको छैन । तर सञ्चालनमा सरकार र महानगरबीच पुनः लडाइँ छ । धरहरा सञ्चालनमा ठेकेदार तयार छ । महानगरले शहरी विकास मन्त्रालयबाट स्वीकृत पाउँदा त्यो संरक्षित रेखखेद उसकै हुन्छ । तर प्रमले बालेनसँगको इबी साँध्न निजी क्षेत्रलाई धरहरा सुम्पेर लुट्ने बाटो खोज्दैछन् । महानगरको सम्पत्ति कब्जा गरेर कबोल गरेको कर नतिरी नयाँ बसपार्क कब्जा गर्ने ल्होत्से बहुउद्देश्यीय सहकारीबाट दीपक कुँवर एमाले उपमहासचिव रघुवीर महासेठले लुटिरहेका छन् । राज्यको श्रोत कब्जा गर्ने आफ्नालाई पोस्ने अ‍ोली सिद्धान्त धरहरामा लागू छ । काठमाडौं महानगरको प्रहरीले पुटपाथ खाली गराउन सडकका व्यापारी खेद्छ । सडक व्यापारीका सामान पक्राउ गर्ने लुट्ने काममा सफल नगर प्रहरी जनविश्वासी बनेको छैन । नगर प्रहरीले जफत गरेको सामान जरिवाना तिर्दा पनि सबै सामान फिर्ता पाइँदैन । त्यहाँ महानगर प्रहरी नै न्यायाधीश हो । धनपति नामको डिएसपी लुटाहा थिए । अहिले त्यो ठाउँ डिएसपी पाण्डेले लिएका छन् । नेकपा एमाले त्यो पार्टी हो जहाँ सार्वजनिक जमिन कब्जा गरेर माफियाहरूसँग मिलेर पैसा हजम गरिन्छ । एमालेले निर्वाचन जितेको टोखा, बुढानिलकण्ठ नगरभित्रका सार्वजनिक जमिन भूमाफियाबाट फिर्ता लिने काम भएको छैन । ३५ दिने सूचना प्रकाशित गरेको नगर नेतृत्व अहिले चुपचाप छ । नक्सामा खाने, पुन नापीमा खाने, निर्माण स्वीकृतमा खाने, अभियानमा तिनै छन् जो नेकपा एमालेको तर्फबाट जनप्रतिनिधि भएका छन् ।
जनतालाई पानीको व्यवस्था गर्न प्रदेश सरकारको खर्चमा बनेको बोरिङ बिगार्ने र समयमा मर्मत नगर्दा टोखा नगरपालिका वडा नंं. ५ का जनता पीडित बन्दा एमालेको जनप्रतिनिधि टोली चिन्तित हुँदैन । यही कारण काठमाडौं महानगरका मेयर बालेन प्रमका विश्वासिला नभएका हुन् ।