Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौंमा बालेन शाहले मेयर पदमा जिते भने काठमाडौं छाड्ने घोषणा गर्ने नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रबन्धक डिमप्रकाश पौडेललाई सरकारले काठमाडौं छाड्न सजिलो बनाइदिएको छ । तर तत्कालिन रेल कम्पनीका महाप्रबन्धक ओली सत्ताको भजन गाउँने साइबर सेनाका स्वघोषित सेनापति गुरु भट्टराई पनि बालेनले निर्वाचन जितेपछि काठमाडौं छाड्ने घोषणा गरेका थिए । त्यसो त बालेन निर्वाचन जिते भृकुटीमण्डपमा स्तन प्रदर्शन गर्ने घोषणा गरेकी सुश्मा र नागढुंगादेखि नांगै रन्तपार्कसम्म दौडने विद्रोही मन धादिङेहरु नांगै दौडिए कि कट्टुले मुख छोप्दै हिँडेका छन् पत्तो छैन । त्यसो त लोसपाका नेता पासाङकाजी शेर्पा हुन् या वरिष्ठ पत्रकार किशोर नेपाल यहाँ कसैले पनि बालेनको पक्षमा जनमत उर्लिन्छ भनेर सोचेका थिएनन् ।
अहिले काठमाडौंमा बालेन शाह र धरानका हर्क राई मात्र होइनन् पोखरामा अटेरी समूह खडा गरेका गणेश पौडेलको समेत त्यतिखेर निकै चर्चा थियो । तर चुनाव बालेन र हर्कले जिते गणेशले छ हजार मत कटाउन सकेनन् । अहिले संघीय चुनावको तयारीमा राजनीतिक दलहरु लागिरहेका छन् । निर्वाचन आयोग मंसिरको पहिलो सातासम्म संघ र प्रदेशको निर्वाचन गर्ने तयारी गर्दैछ । राजनीतिक दलहरुको गलत क्रियाकलापबाट वाक्क भएका जनताले स्थानीय तहमा बालेन र हर्कहरुलाई मत दिएजस्तो संघ र प्रदेशको निर्वाचनमा मत प्राप्त हुन्छ भन्ने मनशायले स्वतन्त्र उम्मेदवार बन्नेहरुको लहरै चलेको छ ।
उनीहरुले असार ७ गते राष्ट्रिय सभागृहमा बृहत भेलाको आयोजना गरेका छन् त्यसको नाकय बनेका छन् सञ्चारकर्मी रवि लामिछाने । राजनीतिक दलहरुमा गुटबन्दी र पैसाको लेनदेनबाट उम्मेदवार छनोट भएन भने पार्टीभित्रका दक्ष र इमान्दार नेताहरुले निर्वाचन जित्ने अवस्था रहन्छ । तर, यहाँ गुट र भागवण्डाका आधारमा टिकट वितरण गर्दा काँग्रेस, एमाले, माओवादीजस्ता ठूला दलहरुलाई अझै पनि जनताले लोप्पा नदेलान् भन्न सकिन्न । सरकारमा रहेका दलहरुको काम गर्ने शैली र बजेट प्रस्तुत गर्ने प्रवृत्तिका कारण राजनीतिक वितृष्णा पैदा भइरहेको छ ।
यही वितृष्णाको फाइदा लिँदै स्तन्त्र उम्मेदवार बन्नेहरुको भीड बड्न थालेको हो । दलहरुले काठमाडौंमा बालेन शाह र धरानका हर्क राईलाई जनताका अगाडि देखापरेका तत्कालिन समस्या समाधान गर्न सहयोग पु¥याएका छैनन् । त्यही कारण ती दुवैले आफ्नो कार्यपालिका बैठक लाइभ गर्न समेत बाँकी राखेनन् । धरानमा राई आफैं फोहोर व्यवस्थापन गर्न र पानीका मुहान सोहोर्न खटेजस्तै काठमाडौंका बालेन शाह फोहोर बिसर्जन गर्ने ल्यान्डफिल्ड साइड रहेको सिसडोलका स्थानीसँग पटक पटक वार्ता गरेर समस्याको गाँठो फुकाउन अग्रसर भएका छन् ।
यो अवस्थामा संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नेगरी प्रचारमा उत्रिएका सोभित उप्रेती, मानुषि भट्टराई, रञ्जु दर्शना, सञ्जय श्रेष्ठ, हरि ढकाल, सुमन शायमीहरुको आकांक्षा पूरा होला ? किनकि देशका समस्या समाधानका निम्ति राजनीतिक दलहरु त सफल छैनन् भने स्वतन्त्र उम्मेदवार बनेर सिंहदरबारभित्रको फोहोर सोहोर्न हिम्मत गर्नेहरुलाई जनताले पत्याए पनि राजनीतिक दलहरुको चक्र तोडेर अघि बढ्न मुस्किल छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल