Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिहानै छिरे राष्ट्रपतिकोमा सेनापति

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले आज बिहान नेपाली सेनाको परमाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । उहाँले बिहान साढे ९ बजेदेखि झण्डै डेढ घण्टा लामो कुराकानी गर्नुभएको बताइएको छ । प्रधान सेनापति राष्ट्रपति कार्यालय शीतल निवास महाराजगञ्जमा सवा ९ बजेको हाराहारीमा पुग्नुभएको थियो । उहाँ अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रीय कमाण्डको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा आयोजित एसियाली मुलुकका सेनाध्यक्षहरुको सम्मेलनमा भाग लिएर अस्ति राति स्वदेश फर्कनुभएको हो । राष्ट्रपति भण्डारी सेनाको परमाधिपतिसमेत रहनुभएकाले प्रधान सेनापति उक्त भ्रमणबारे जानकारी गराउन शीतल निवास जानुभएको बताइएको छ ।