Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बिहीबार उपस्थित हुनेगरी छुटे गृहका सहसचिव भट्टराई

काठमाडौं। गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार उपस्थित हुनेगरी छाडेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो। उनको मोबाइल भने अख्तियारले आफ्नै नियन्त्रणमा राखेको छ। काठमाडौंबाट पक्राउ परेका भट्टराईलाई लगत्तै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा लगिएको थियो। अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा उनी संलग्न रहेको पाएपछि अख्तियारले पक्राउ गरेको थियो। उनलाई मंगलबार मात्रै गृह मन्त्रालयले सरूवा गरेको थियो। उनको सट्टामा पाँचथरमा प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाको सरूवा भएको छ।


सम्बन्धित समाचार

धनुषा १ मा कसले मार्ला बाजी ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल