Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अब ठूला र लघु जीवन बीमा कम्पनीले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्यूनतम ३५ प्रतिशतको अनुपातमा लगानी गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले बुधबार ‘बिमकको लगानी निर्देशन, २०८२’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि उनीहरुले यो क्षेत्रमा न्यूनतम २५ प्रतिशतको अनुपातमा लगानी गर्नुपर्ने व्यवस्था थियो । अहिले त्यो सिमा बढाएर ३५ प्रतिशत पुर्याइएको हो । यस्तै, पुनर्बीमा, निर्जीवन र लघु निर्जीवनले भने यस्ता क्षेत्रमा न्यूनतम ३० प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसअघि निर्जीवन र पुनर्बीमा कम्पनीले यो क्षेत्रमा न्यूनतम २० प्रतिशत लगानी गर्नुपर्ने थियो । लघु निर्जीवन बीमा कम्पनीले भने न्यूनतम २५ प्रतिशतको अुपातमा लगानी गर्नुपर्ने व्यवस्था थियो । अहिले त्यो बढाएर न्यूनतम ३० प्रतिशत पुर्याइएको हो । कम्पनीहरुले अनिवार्य रुपमा सो अनुपातमा नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा लगानी गर्नैपर्छ । नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र र वाणिज्यको निक्षेपमा कम्पनीहरुले अनिवर्या रुपमा लगानी गर्नैपर्छ ।
निर्देशनमार्फत लघु जीवन र लघु निर्जीवन बीमा कम्पनीहरुले वाणिज्य बैंकहरुको निक्षेपमा गर्नुपर्ने लगानीको सिमा पनि बढाएर ३५ प्रतिशत पुर्याइएको छ । यसअघि उनीहरुले वाणिज्य बैंकहरुको निक्षेपमा न्यूनतम ३० प्रतिशतको अनुपातमा लगानी गर्नुपर्ने थियो । अब भने न्यूनतम ३५ प्रतिशत लगानी वाणिज्य बैंकका निक्षेपमा हुनुपर्नेछ । अन्य बीमा कम्पनीले भने न्यूनतम ३० प्रतिशतको अनुपातमा वाणिज्य बैंकमा लगानी गनुपर्ने व्यवस्था कायमै राखिएको छ ।
बीमा कम्पनीले विकास बैंक र वित्त कम्पनीको निक्षेपमा गर्न पाउने लगानीको सिमा पनि बढाइएको छ । यसअघि बीमा कम्पनीहरुले विकास बैंकको निक्षेपमा १० प्रतिशत र वित्त कम्पनीको निक्षेपमा पाँच प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । अहिले त्यसलाई बढाएर विकास बैंकको निक्षेपमा १५ प्रतिशत र वित्त कम्पनीको निक्षेपमा सात प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यद्यपि, यो अनिवार्य भने होइन । कम्पनीले सो सिमा भित्र रहेर निक्षेपमा लगानी गर्न पाउनेछन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल