Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुढी गण्डकी ओलीले देखाए, पम्फाएले उठाइन्

काठमाण्डौ । जनतालाई महंगीको भारमा थोपरेर इन्धनमा जबर्जस्त कर उठाए पनि १२ सय मेघावाडको बुढी गण्डकी बन्ने नबन्ने ठेगान छैन । तर रु ७२ अर्ब राजस्व करको रुपमा उठाइएकै थियो । बुढी गण्डकीको परियोजना प्रतिवेदन २०७१ मा तयार भएको हो । ६३ वर्ग किमी जलासय ५००५ वर्ग किमी जलाधर २६३ मिटर उचाइको बाँध ७ सय मिटर लम्बाइ बर्षमा ३३८३ गिगावाड अवार्डको यो परियोजना अन्योलमा छ । कुनै बेला सरकारले बुढी गण्डकीलाई राष्ट्रिय गौरवका भनेको थियो । तर ओली सरकारले झापामा टावर बनाउने गरी बजेट खन्यायो बुढी गण्डकीको नाउ लिएन । किनकी त्यहाँ डा. बाबुराम भट्टराई र नेकपा माओवादी जोडिएका छन् । बुढी गण्डकीले १० हजार ४३६ घर विस्थापित गरायो । जसले मुआब्जा लिए तीनले काठमाण्डौमै घर किने ।
रु २२ अर्ब ८१ करोड १४ लाख अर्बको वर्ण मात्र कर संकलन गर्ने आयाल निगमले जन उत्तर दायित्व बहन गर्दैन । भारत इन्धनको मूल्या बढ्दा नेपालमा बढ्छ । तर घट्दा मूल्य घट्दैन । उपभोत्ता भारमा पर्छन् । मन्त्री देखि सचिव सम्मले लुटेकै छन् । निगमले अब ०७२÷०७३ बाट इन्धन कर उठाउने गरेको हो । बुढी गण्डकीले ६६, ६७ वर्ग किमी क्षेत्र डूबानमा पार्छ । कल लागतको २५ प्रतिशत वातावरणमा गर्नुपर्ने प्रावधान छ । जहाँ ३२.६ वर्ग किमी क्षेत्र खेती योग्य जमिन पर्छ । खार्णिम वाग्ले कार्यदलले रु २ खर्ब ५९ अर्ब खर्च लाग्ने यो आयोजनालाई सरकारले रु २ खर्ब ५९ अर्ब लागत तोकेको थियो । तर वर्तमान सरकारको साझा कार्यक्रममा समावेश गर्दैमा बुढी गण्डकीको आश पूरा हुन सक्दैन ।
टाकर प्रेमी केपी ओलीले थन्क्याई दिएको बुढी गण्डकीमा उर्जामन्त्री पम्फा भूषालले चासो दिनु नै आयोजना शुरु हुन्ट भन्ने आश हो । मन्त्रालयले निर्माण लगानी मोड लिटी टुङ्गोमा पुर्याउन बाँकी छ । विगतमा चाइना गेजुवा कम्पनीलाइृ दिलाउने कि सरकार आफैले बनाउने भन्ने विवादले यो चर्चित थियो ।
योगेशको टोलीलाई केपिले अत्याउदै
काठमाण्डौ । जे भन्छन् सुन्ने हो उनीहरुको धम्की र घुर्किको अर्थ छैन । स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत छदैछ । आफ्नो किचेन टीम भित्र एमाले अध्यक्ष केपि ओलीले भन्छन्, सुभाष नेवाङ्ग विष्णु रिमालले मात्र होइन विष्णु पौडेल शंकर पोख्रेलसम्मले ओलीको कुरा वृस्तृत रुपमा मान्छन् । एमालेको क्रिम टिम यही हो । गोकूल महेश र सूर्य थापाहरु केन्द्रमा थपडी मार्ने छदैछन् । केपिलाई उकासेर फाइदा लिने राजन भट्टराईहरुको ताती नै एमालेमा छ ।
देशलाई धोकेबाज मध्येका पाउनु पर्ने पद नपाएका नेता भिम रावल, घनश्याम भूषाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, भिम आचार्यलाई आपत भो । सबलले सुदुरपश्चिमको अध्यक्ष पाएनन् । योगेशले पार्टी प्रवक्ता पाएनन् । अष्ट र भिम मुख्यमन्त्री बन्दै झण्डा हल्लाए । तर नेकपा एकिकृतले साथ नदिदा त्यो पद मात्र गुमेन प्रदेश इन्चार्ज पनि गुमेको छ । एमाले मुखले विधि प्रकृया र सिद्दान्तका कुरा गर्छ पदमा पुगेपछि गुटभन्दा टाढा जादैन । त्यो सत्य ४१ महिने कार्यकालले प्रमाणीत गर्याे ।
एमाले ०७५ जेठ २ अगाडि जान सक्दैन भन्ने केपि ओलीको चरित्र, व्यवहार र संगत गरेका स्वार्थी धेरै छन् । माओवादी त्यागेर गएका रामबहादुरहरुलाई स्थायी समितिमा ल्याए पनि नल्याए पनि एमालेको संगठन ठूला सानो हुदैन । जे छ एमाले सूर्य छापामा छ । सूर्य छापाले दर्शन सिद्दान्त विचार र प्रकृयामा जान हुदैन । किनकी कम्युनिष्ट टे«डमकिकै भरमा गत निर्वाचनमा एमाले १२१ सीटको ठूलो पार्टी भएकै हो ।
सुरेन्द्र पाण्डे युवराज ज्ञवाली, रघुजी पन्थको एमालेमा त्यस्तो उल्कापात खेती छैन । चुनाव जित्न पैसा चाहिन्छ भनेर दाङ्गबाट चुनाब नलडेका युवराज ज्ञवालीको निम्ति पनि सिद्दान्तको कुरा आउदैन । मै मुख्यमन्त्री भएको कारण अनुशासन आयोगको अध्यक्ष समेत पाउने भएकाले अमृत बोहराको कुनै भाउ हुने कुरै भएन । अब ओलीबाट पेलिने यीनले पार्टी कस्तो होस् भन्ने ?