Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुद्ध एयरको नयाँ जहाज आउँदै

काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले १६ औं एटीआर जहाजको रुपमा नयाँ जहाज भित्र्याउन लागेको छ । हाल १५ वटा ७२ तथा ४२ सिट क्षमताको एटीआर जहाजबाट उडान गर्दै आएको बुद्धले नयाँ जहाज थप गर्न लागेको हो ।
१६ औं जहाजको रुपमा ओमानको मस्टकबाट ल्याउन लागेको नयाँ जहाज शुक्रबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अवतरण हुने बुद्धले जनाएको छ ।
बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) सँग अनुमति लिएर शुक्रबार जहाज अवतरण गर्न लागिएको जनाएको छ ।
क्यानको अनुमति अनुसार बुद्धको नयाँ जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण हुने जनाईएको छ ।
जहाज ल्याउनका लागि बुद्धले यसअघि नै रिष्ठ पाइलट क्याप्टेन प्रमोद थापा र गौरव बोहराले ओमानको मस्कट पठाएको थियो । उनै पाइलटले नयाँ जहाज ल्याउन लागेका हुन् ।
पुरानो जहाज बिक्री गरेर बुद्धले हाल एटीआर कम्पनीका ४२ र ७२ सिटे १५ वटा जहाजबाट आन्तरिक उडान गर्दै आएको छ । सन् २००८ मा ४२ सिट क्षमताको पहिलो एटीआर जहाज भित्र्याएको थियो ।
बुद्धसँग हाल ३ वटा ४२ सिटे र बाँकी १२ वटा ७२ सिट क्षमताको एटीआर जहाज रहेको थियो । शुक्रबार ७२ सिट क्षमताको नयाँ एटीआर जहाज भित्रिएसँगै बुद्धसँग १६ वटा जहाज हुनेछ ।
बुद्ध एयरले सुरुवाती चरणमा उडान सुरु गरेको (२५ वर्ष) २ थान बिचक्राफ्ट ‘बी १९०० डी’ जहाज बिक्री गरेको छ । १९९७ सेप्टेम्बर ३० मा नेपाल पहिलो पटक नेपाल ल्याईएको बिचक्राफ्ट जहाज २५ वर्ष सञ्चालन गरेर गत माघमा क्यानडाको कम्पनीलाई बिक्री गरेको हो ।


सम्बन्धित समाचार