Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बुहारीलाई खुकुरी हान्ने पक्राउ

सर्लाही । आफ्नै बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा दुप्चेश्वर गाउँपालिका(५ कामचोक तिमाल बस्‍ने २७ वर्षीय सानुकान्छा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सानुकान्छाले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी बिवादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार