Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बेपत्ता डीएसपी तरुनीसँगै होटलबाट चिरिप्पै

कैलाली । बेपत्ता भएका भनिएका कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी एक होटलमा युवतीसँगै भेटिएका छन् । मंगलबार रातिबाट एकाएक सम्पर्कविहीन भएका डीएसपी भरतबहादुर चौधरी बुधबार बिहान कैलालीकै बुढीतोलास्थित एक होटलमा युवतीसँग फेला परेका हुन् । युवतीसँग फेला परेका उनलाई अनुशासनको कारबाही गर्ने तयारी भएको स्रोतले जनाएको छ । हाल जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएका उनलाई खोज्न ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार भने डीएसपी चौधरी आज बिहान सम्पर्कमा आएपछि अनुसन्धान सुरू भएको जनाएका छन् ।


सम्बन्धित समाचार