Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यतिबेला पूर्वयुवराज पारश शाह कैलालीमा छन्। उनी आफ्ना केही समर्थकहरूसहित धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि त्यहाँ पुगेका हुन्। उनी सोमबार राती धनगढी पुगेका हुन्। उनले मंगलबार बिहान बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका सचिव वीरेन्द्र चन्दले बताएका छन्। झण्डै ४ घण्टा समर्थकका साथ बेहडाबाबामा बिताएका शाह अहिले धनगढीस्थित रुवस होटेलमा बसिरहेका छन्। शाहले सुदूरपश्चिम प्रदेशका धार्मिक स्थलहरुको भ्रमण गर्ने समय तालिका रहेको उनका समर्थक रवीन्द्र कार्कीले बताए। उनी झण्डै एक साता सुदूरपश्चिममै रहने बताइएको छ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल