Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका(३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका(२ बाँडभन्ज्याङबाट प्रहरीले पक्राउ गरेको छ ।
९ लाख रुपैयाँ चेक बाउन्स भएको बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी राईलाई झापाबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बसमा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
राईलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी बृत्त बानेश्वर काठमाडौंमा पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


सम्बन्धित समाचार