Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैंक नोट छाप्न सरकारले काभ्रेमा कारखाना खोल्दै

काठमाडौं। सरकारले सुरक्षण मुद्रण छापाखानको नयाँ भवन निर्माण गर्ने भएको छ। काभ्रेको पनौती नगरपालिकामा प्रेस स्थापना गर्ने प्रक्रिया सरकारले अगाडि बढाएको छ।
संचार मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण विकास समितिले भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको छ।
पनौती नगरपालिका वडा नम्बर ५ मा ८८ हजार ७५१।१७ वर्ड मिटरको जग्गा आवश्यक पर्ने छ। यो परियोजनाको ग्राउन्ड कभरेज २१ हजार ७५१ वर्ग मिटर हुने छ।
जम्मा बिल्टअप एरिया भने ३१ हजार ६० वर्ग मिटर रहेको छ। निर्माण चरणमा दैनिक पानी ९० हजार लिटर र सञ्चालन चरणमा दैनिक ५ लाख ३ हजार ६५० लिटर आवश्यक पर्ने छ।
परियोजनाअन्तर्गत ब्लक ए, ब्लक बी र ब्लक सी भनेर तीन वटा भवन निर्माण गरिने छ।
सेक्युरिटी प्रिन्टिङ प्रेसको सेवाहरुमा पेपर तथा कार्णमा आधारित प्रिन्टिङहरु हुने छ। बैंक नोट पनि छापिने छ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल