Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बैठकमा देउवाले निर्णय सुनाए, एक्लै जान सकिन्न

काठमाडौं । अहिले काँग्रेसभित्र गठबन्धनको पक्ष र विपक्षमा ठूलै बहस चलिहरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो एकमात्र उद्देश्य कांगेसलाई पहिलो पार्टी बनाउँने रहेको भन्दै गठबन्धनलाई आउँने चुनावसम्म कायमै राखिने बताएका छन् । बैठकपछि देउवाको भनाइ उदृत गर्दै कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले भने–प्रचण्डलाई गिरिजाबाबुले दिल्लीबाट लिएर आउनुभएको हो, उनलाई छाडेर जान सकिन्न । माधव नेपालल पनि पार्टी फुटाएर आएका छन्, उनलाई पनि चटक्कै छाड्न सकिन्न । कसैलाई अलपत्र पार्ने होइन, सबैलाई लिएर गठबन्धन अगाडि बढ्छ । देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने भन्दै आफूले कसैलाई काखापाखा नगर्ने बताए । पार्टीको अब साउन ३ गते बस्ने बैठकले महत्वपूर्ण निर्णय लिने खतिवडाले बताए ।