Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्यापारि र तस्करलाइ फाइदा हुनेगरी पछाडी बस्नेलाई हेल्मेट अनिबार्य गरिदै

यातायात व्यवस्था विभागले मोटरसाइकलको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने भएको छ । यसअघि नियम अनिवार्य गरिँदा चौतर्फी विरोध भएको थियो अहिले पुनः अनिवार्य गर्न लागिएको हो ।

थप कानुनी प्रावधानसहित पछाडि बस्ने यात्रुको सुरक्षाका लागि हेल्मेट अनिवार्य गर्न लागिएको विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरे सरोकारवाला निकायसँगको छलफलपछि प्रारम्भिक खाका तयार पारिएको बताउँछन् ।

दुईपांग्रे सवारीसाधनमा अत्यधिक दुर्घटना बढेकाले पुनः नियम अनिवार्य गर्न लागिएको उनको भनाइ छ । ‘‘सडक दुर्घटनामा दुईपांग्रे सवारीसाधनको दुर्घटना बढेको रिपोर्ट आएको छ । मृत्यु हुने अधिकांश दुईपांग्रे सवारी पछाडि बस्ने यात्रुहरू छन् । ७० प्रतिशत मोटरसाइकल पछाडि बस्ने यात्रुको मृत्यु हुने गरेको छ,” महानिर्देशक घिमिरेले भने ।

मुख्यगरी मोटरसाइकलको पछाडि बस्ने यात्रुको सुरक्षा कवजका रूपमा नियम अनिवार्य गर्न लागिएको उनले बताए । उनी भन्छन्, ‘‘विगतमा पनि यो नियम लागु भएकै हो । बीचको द्वन्द्वकालमा सुरक्षाको कारणले हटाइयो । मानिसको सुरक्षित जीवनलाई हेर्ने हो भने मोटरसाइकल पछाडि बस्ने यात्रुले अनिवार्य हेल्मेट लगाउन आवश्यक देखियो । यो नीतिलाई तत्कालै कडाइका साथ लागु गराउँदा बजारमा चाँडै नकारात्मक माहोल बन्छ । बजारमा नकारात्मक असर नपरोस् भनेर कानुनी प्रक्रिया अघि बढाइएको हो ।”
विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०७७ को खाका तयार पारी राय–सुझावका लागि कानुन मन्त्रालयमा पठाएको छ । उक्त ऐनमा मोटरसाइकल पछाडि बस्ने यात्रुको सुरक्षा कवज हेल्मेट अनिवार्य गरिने उल्लेख छ ।

मन्त्रालयबाट ऐनको राय–सुझाव आएपछि कार्यान्वयन गरिने विभागले जनाएको छ । कार्यान्वयनपछि हेल्मेट नलगाए ट्राफिक प्रहरीले कारबाही गर्ने पनि जनाइएको छ ।
विभागका प्रबक्ता लोकनाथ भुसालले अहिले पनि नियम लागु भइरहेको र कडाइका साथ पालना गर्ने प्रक्रिया अघि सारिएको बताए । ‘‘यात्रुको सुरक्षाका लागि हो । अन्यथा लिनु भएन । हेल्मेटको आयात बढ्छ भन्दैमा व्यापारीसँग मिलेको हुँदैन ।


सम्बन्धित समाचार