Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ब्राउनसुगर सहित पक्राउ

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका(९ लाटिकोइलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम १ सय मिलि ग्राम, नगद १ लाख १२ हजार ९ सय ४५ रुपैयाँ र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने २७ वर्षीया शारदा महतरालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित खाजा पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पसलमा बसिरहेकी उनलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धान गर्ने क्रममा बीरेन्द्रनगर नगरपालिका(९ बस्ने २२ वर्षीय बिकाश मानान्धर र बीरेन्द्रनगर नगरपालिका(३ बस्ने सुनिल थारुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार