Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुईजनामाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले भक्तपुर, चाँगुनारायण नगरपालिका–५ साबिक चाँगुनारायण गाविस मा रहेको १४ रोपनी ४ आना जग्गा मोही तथा लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस मागेको आरोप छ ।
आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उनीहरूलाई मोबाइल डिभाइस र २४ लाख ५० हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिइएको उल्लेख छ ।
अनुसन्धानबाट आचार्य र राउतको मिलेमतोमा जग्गाको मोही बाँडफाँड र नामसारी प्रक्रिया सहज बनाइदिने भनेर घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल