Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भक्तपुर काँग्रेसद्वारा बस्नेत बहिस्कार

भक्तपुर । गणेशमानहरूले राणाविरुद्ध आन्दोलन गर्दा अहिलेका थुप्रै युवा नेताहरू जन्मिएका पनि थिएनन् । गणेशमानहरूले राणा फाले, पञ्चायतलाई तह लगाए । अहिले उनीहरूको योगदानको कदर गरेर सरकारले बगैँचा बनाउन दिएको जग्गामाथि धावा बोल्न सत्ताको आडभरोसा पाएकाहरू तस्मिएका छन् ।

सत्तासँगको निकताकै कारण सधैं चर्चामा आइरहन चाहने, डनहरूको संरक्षक संस्था युथफोर्सको स्थापना गरी राजनीतिमा पाइला राखेका भक्तपुर क्षेत्र नं. २ का सङ्घीय सांसद महेश बस्नेत नेपाली राजनीतिका शिखर पुरुष, जनआन्दोलनका सर्वोच्च कमान्डर, लौहपुरुष गणेशमान सिंहको नाममा स्थापित ‘गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति’को भोगाधिकार भएको सूर्यविनायक नगरपालिका, साविक कटुञ्जे गाविसमा १७४ रोपनी जग्गाबाट अस्पतालको नाममा जग्गा खोस्ने अभियानमा लागेका छन् । आफ्नो पार्टीमा दुई पैसा योगदान नभएका नेतैपिच्छे प्रतिष्ठान बनाउँदै राज्यको ढुकुटी सोहोरेको देखेका युवाहरूले अस्पतालको नाममा स्व. नेताको अपमान गर्नु कुन ठूलो कुरा भयो र ?

केपी ओलीको सत्ता बचाउन सांसद अपहरण जस्तो घृणित कार्यमा संलग्न बस्नेत भूमाफियाहरूको इशारामा सो बाटिकाको जग्गा खोस्ने प्रपञ्चमा लागेका हुन् । यस्ता कुकृत्यमा लागेका कारण नेपाली काँग्रेस भक्तपुरले बस्नेत सहभागी हुने कुनै पनि कार्यक्रममा आफ्ना पदाधिकारी, जनप्रतिनिधि एवं कार्यकर्ताहरूलाई सहभागी नहुन आन्तरिक सर्कुलर जारी गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयले २०५४ सालमै भोगाधिकारसहितको लालपूर्जा पाएको उक्त बाटिकाको जग्गा गत भदौ ७ गते मन्त्रीस्तरीय निर्णय गराएर खोस्न खोज्दा स्थानीय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मालपोत अधिकृतसहितको सरकारी जग्गा दर्ता सिफारिस समितिले समेत सो निर्णय कानुनसम्मत नभएकाले तामेलीमा पठाउँदा समेत सांसद बस्नेत अझै समितिको जग्गा खोसेरै छाड्ने अभियानमा लागिपरेका छन् ।

बस्नेतले निर्णय तामेलीमा राखेको भन्दै जिल्ला मालपोत कार्यालय भक्तपुरका मालपोत प्रमुख देवीबहादुर भण्डारीलाई सरुवाको निर्णय गराएका छन् भने निर्णय कार्यान्वयन नगरे भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई पनि सरुवा गर्ने धम्की दिएको स्रोतले बताएको छ । केही दिनअघि गृह मन्त्रालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव तथा भूमिसुधार मन्त्रालयका सचिवसँग बैठक गरी सीडीओलाई निर्णय कार्यान्वयन गराउन बस्नेतले दबाब दिएको स्रोतले जानकारी दियो । बस्नेतले प्रजिअ र कर्मचारीलाई यसरी निर्देशन दिनुको कारण गृहसचिव महेश्वर न्यौपानेहरूको आडभरोसाले हो ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल