Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भगवती हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला भएको छ ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपियाँमा १६ रुपियाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपियाँमा निष्काशन खुला गरिएको हो ।
पहिलो चरणमा आयोजना प्रभावित कास्की जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन खुला गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्काशन गरेको हो । उक्त आईपीओका लागि पोखरा महानगरपालिकाका १३, १४, १६ र २७ नम्बर वडाका स्थानीयले आवेदन दिन सक्ने छन् ।
यसैगरी श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले ८५ हजार ८ सय १० कित्ताका लागि आवेदन दिन सक्ने छन् ।
स्थानीयले छिटोमा साउन ७ गते र ढिलोमा साउन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन ७ गतेसम्म मात्र आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।
पहिलो चरणको आईपीओ बाँडफाँट पछि सर्वसाधारणका लागि निष्काशन खुला हुनेछ । कम्पनीले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजना सञ्चालन गरिरहेको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल