Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भत्केपछि बल्ल सचेत भयो प्रहरी

काठमाडौं । आइजीपी धिरजप्रताप सिंह त्यतिखेर देशमा थिएनन् । उनले जिम्मेवारी दिएर गएका एआईजी सहकुल थापा निमित्त थिए । त्यो बेला नेपाल प्रहरीले रबरको गोली प्रयोग गरेको भए पनि बसपार्क वरिपरि त्यति ठूलो उदण्डता प्रदर्शन हुने थिएन । तर, समयले त्यो अवस्था दिएन वा निर्देशन दिने व्यक्तिको क्षमतामा कमजोरी भयो ? अहिले नेपाल प्रहरीका दुई अधिकृतलाई छानविन समितिको रिपोर्ट अनुसार कारबाही स्वरुप निलम्बन गरिएको छ । तर, बसपार्कभित्रको लुटतन्त्र र गुण्डागर्दीका बारेमा नेपाल सरकार मौन छ । किनकि त्यहाँ एमालेका रघुवीर महासेठ दिपक कुँवको बोलबाला छ । पद र स्वार्थका लागि भएका यस्ता लडाइँहरुले सिंगो सुरक्षा संरचनामाथि प्रहार गर्छ भन्ने कुरा बुझ्छ कसेल ?  जब समस्या आउँछ त्यसपछि सचेत हुने सुरक्षा निकाय गत साता गोंगबु घटनाबाट आलोचित छ । घटनाको निहुँ ट्राफिक प्रहरीको व्यवहार हो । यातायात क्षेत्रको भद्रगोल सुधार गर्न ट्राफिकले सवारी चालकमाथि कडिकडाउ गर्दाको फल नै मजदूरको विद्रोह हो । काठमाडौं महानगरले नयाँ बसपार्कमा पालेको घर ज्वाइ सरहको ल्होत्से बहुउद्देश्यीय सहकारीले पनि यातायात क्षेत्रमाथि शोषण गरेको छ ।
महानगरको सम्पत्ति भाडामा लिएर व्यापार गर्ने तर राज्यलाई ठग्ने काम त्यसले गर्दैछ । बसपार्कमा जब विवाद हुन्छ तब मजदूर नै आतंकित हुन्छन् । त्यो क्षेत्रका सुरक्षा टोलीको ध्यान सडकमा उर्लेको भीडप्रति भयो, पसलको सुरक्षातर्फ भएन । सशस्त्र र नेपाल प्रहरीको शक्ति सडकमा केन्द्रीत भएको मौकामा भएको लुटपाट सुनियोजित थियो । व्यापारीहरूसँग रिसइवी भएकै मध्येका हुल्लडबाजले मोबाइल पसल लुटेका हुन् । ट्राफिकले सवारी कडा बनाएको हो । काठमाडौं महानगर पनि यहाँ दोषी छ । जसले सार्वजनिक सडक व्यवस्थित गराएको छैन । बसपार्कको अस्थायी व्यवस्थापन नगरी बस रोक्ने र यात्रु ओराल्ने ठाउँको व्यवस्था भएको छैन । ट्राफिक सार्वजनिक यातायातको सुधार खोज्दैन । जसरी हुन्छ चाकलाई अत्याउने, लाइसेन्स खोस्ने, रु ५ सयको चिट काट्न १५ सय झार्ने र १ हजार खल्तिमा राख्ने काम तिव्र पारेका कारण पनि गोंगबु क्षेत्रको आतंक हो । हरेक पटक बनेका कार्यदलको रिपोर्ट दराजमा थन्क्याउने शासकीय संरचना गोंगबु घटना हो । बालाजुका डिएसपी रविन विष्ट तानिएका छन् । त्यहाँ मनोजीत कुँवर पठाइएको छ । विष्ट र कुँवर मध्ये विष्ट असक्षम र कुँवर सफल भन्ने होइन । ट्राफिक प्रहरीलाई मात्र दोष दिएर हुँदैन । यातायात व्यवस्थापन प्रमुख कुरा हो । चालकको लापरबाही त कति छ कति ?
बालाजु काण्डभित्र अनेक षड्यन्त्र छन् । प्रहरीले देखाउनु पर्ने सचेतता नदेखाएको पनि हो । आफ्नै सवारी साधनको सुरक्षा दिन नसकेको त्यो प्रहरीको कमजोर पक्ष भनेकै आवश्यकताअनुसार जनशक्ति परिचालन नगर्ने हो । अकस्मात त्यहाँ आतंक सिर्जना कसरी भयो ? त्यो अनुसन्धानको पाटो हो । अहिले सरकारलाई असहयोग गर्ने पनि धेरै छन् । राप्रपा आतंक सिर्जना गर्न अग्रसर छ । त्यसमा रवि लामिछानेको बहिर्गमन पनि यस्तो उच्छृङ्खल गतिविधि चर्काइन्छ भने पनि निगरानी कडी कडाउ गर्नै पर्छ । शान्ति सुरक्षाको पाटो नै सरकारका कामको मूल्यांकन गर्ने गरिन्छ । सरकारले सचेतता अपनाउनै पर्छ । सुरक्षा समूहमाथि राजनीतिक हस्तक्षेप चर्को छ । विगतमा पनि त्यो हस्तक्षेप चर्को थियो । प्रहरीलाई हस्तक्षेप गनेै पार्टी भनेकै नेकपा एमाले हो । एमालेका वामदेव गौतमले प्रहरीको आईजीपी फेरिदिज । सर्वोच्च अदालतले त्यसको खारेजी ग¥यो । त्यो बेलाका आईजीपी धु्रवबहादुर प्रधान अहिले कानुनमन्त्री छन् । मन्त्रिपरिषद्मा बसेर संविधान विपरित बोल्नु अराजकताको चरण हो । सुरक्षा समूहलाई सरकारको आदेश पालन गर्न दिलाउने निर्देशन नै संस्थागत चहलपहल जोडिन्छ ।
बालाजु घटना परिस्थितिको उपज हो । ट्राफिक प्रहरीको काम सडक यातायातको भद्गोल हटाउने नै हो । तर ट्राफिकले चालक सताउँछ । चालक नियम अनुशासनमा नबस्ने चलन लापरबाही हो । ट्राफिक ५ सयको जरिवाना १ हजारदेखि १५ सय बनाएको छ । तर चिट ५ सयको काट्ने, लिने १५ सय यो कैफियतको ख्याल गर्ने को हो ? त्यहाँ डिआईजी मिरा चौधरी छन् । उनको कमाण्डले कति सुधारका प्रयास ग¥यो, कति भद्रगोल बढायो मूल्यांकनको पाटो बन्न सक्छ । तर संस्थागत सुधारमा काठमाडौं महागनर पनि दोषी छ । महानगरभित्रको यातायात भद्रगोलमा राजनीति किन अग्रसर बनाइन्छ प्रश्न यो हो ?

मुख्य दोषी मल्ललाई अस्पताल सारियो
गोंगबु काण्डका प्रमुख दोषी ल्होत्से बहुउद्देश्यीय प्रालिका पंकज मल्ललाई प्रहरीले पक्राउ गरे पनि उनलाई हिरासतमा नराखी अस्पतालमा ससम्मान राखिएको छ । प्रहरी बृत्त महाराजगंजका डीएसपी अंगुर जीसीले ल्होत्सेका सञ्चालक दीपक कुँवरको सिफारिसमा उनलाई हिरासतमा नराखी महाराजगञ्ज चक्रपथमा रहेको मेट्रो हस्पिटलमा ज्वाइँ जस्तै गरी राखिएको छ । दीपक कुँवररले पालेका पंकज मल्ल बाँके नेपालगंजका हुन् । पंकजलाई प्रहरीले यसअघि पनि विभिन्न काण्ड र अपराधका घटनामा पक्राउ गरिसकेको छ । मल्ल यसअघि २०७० बैशाखमा हातहतियारसहित पक्राउ परेका थिए । मल्ललाई अबैध हातहतियारसहित अपराध महाशाखाका तत्कालीन प्रमुख रणबहादुर चन्दले पक्राउ गरेका थिए । बाँके नेपालगंजका १९ बर्षीय पंकज मल्ललाई हातहतियारसहित पक्राउ परेको भिडियो र समाचार अर्काइभमा अहिले पनि पाउन सकिन्छ । यस्ता गुण्डागर्दी पृष्ठभूमि भएका मल्ललाई दीपक कुँवरले यातायाता मजदुरमाथि आक्रमण गर्नका लागि तलव दिएर राख्दैआएका छन् । जापान सरकारले निर्माण गरेको बसपार्कमा ल्होत्सेले ब्यापारिक कम्प्लेक्स सञ्चालन गरी मुनाफा कमाउँदैआएको छ । ल्होत्सेको मनपरी बिरुद्ध बसपार्कमा यातायात मजदुरहरूले शान्तिपूर्ण कार्यक्रम राख्दा दीपक कुँवरले मल्लसहितको गुण्डानाइकेहरूको टोली खटाएर उनीहरूमाथि आक्रमण गराएका थिए । ल्होत्सेले नै फागुन १ गतेको घटना घटाएकाले दीपक कुँवरलाई पनि पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा प्रहरीले उनकै योजनामा आक्रमणकारी मल्ललाई हिरासतबाट अस्पतालमा बस्न छुट दिएको छ भने सुनिल कुँवरलाई पक्राउ नगरी उन्मुक्ति दिएको छ । सुनिल कुँवरलाई दीपककै कारण महाराजगंज प्रहरीले पक्राउ नगरेको बताइन्छ । पंकज, सुनिल र उनको समूहले गंगबु बसपार्कभित्र यातायात मजदुरलाई कुटपिट गर्ने, अपमान गर्नेलगायतका हर्कत गर्दै आएको छ । चालक र सह–चालकहरूलाई कुटपिट गरेर पैसा माग्ने, यातायात व्यवसायीहरूलाई धम्काएर पैसा असुल्ने जस्ता हर्कत सुनिल, पंकजसहितको समूहले गर्दै आएका छन् । यातायात मजदुरहरूलाई ल्होत्सेले पालेका गुण्डाहरूले आक्रमण गरेपछि स्थिति नियन्त्रण बाहिर गएको आरोप लगाउँदैआएका छन् ।


सम्बन्धित समाचार