Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भदौ १६ पछि पिसिआर रिपोर्टसँगै प्लेनमा सरर

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै बन्द भएको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने भएको छ । सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय हवाई उडान खुला गर्ने निर्णय गरेको हो । हवाई उडान तालिका नागरिक उड्डयन मन्त्रालयले बनाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेयता नियमित अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएका छन् । नेपालभर गरिएको लकडाउन असार १ गतेदेखि खुकुलो पारिए पनि हवाई उडानमा भने प्रतिबन्ध कायम नै छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन चार्टर्ड उडान हुँदै आएका छन् । लकडाउनका बेला ७ सयभन्दा बढी चार्टर्ड उडान भएका छन् । अब भने पीसीआर नतिजा नेगेटिभ देखिएकालाई नियमित उडानमा स्वदेश ल्याउन दिइने निर्णय भएको खतिवडाले जानकारी दिए । पीसीआर परीक्षण गर्न असहज अवस्था भएका देशहरुमा भने तत्काल उडान नहुने जनाइएको छ ।