Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भरुवा बन्दुकसहित गिरी पक्राउ

काठमाडौं । कैलाली, मोहन्याल गाउँपालिका(३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ सहित सोही ठाउँ बस्ने ४५ वर्षीया धनसरा गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक र सालको काठ फेला पारी उनलाई पक्राउ गरको हो । साथै धनसराको श्रीमान चन्चल भन्ने रचन्द्र राज गिरी फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, वीरगंज महानगरपालिका(१० सिर्सिया बाईपास रोडस्थित जगदिश एण्ड व्रदर्श स।मिल तथा फर्निचर उद्योगबाट अवैध रुपमा लुकाइछिपाई राखेको अन्दाजी १३ क्यु फिटको सतिसालको काठ १ सय २६ पिस सहित उक्त सहमिलका संचालक घडिअर्वा बस्ने ३५ वर्षीया हिरामन शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार