Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भवन चीनकै भूमिमा बनेको हो : नेपाल सरकार

काठमाडौँ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमिमा भवनहरू नबनाएको जनाएको छ । हुम्लामा नेपाली भूमि मिचेर चीनले आधुनिक भवनहरू बनाएको भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयले नेपाल चीन सीमाका ११ र १२ नम्बर पिलरका बीचमा नेपाली भूमि नमिचिएको जनाएको हो । परराष्ट्र मन्त्रालयले बुधबार अपराह्न एक विज्ञप्ति जारी गरी नापी विभाग, सरकारी अभिलेख, संयुक्त सीमा अनुगमन टोलीको रिपोर्ट र सीमा नक्साका आधारमा ती भवनहरू नेपाली भूमिका नबनेको प्रष्ट भएको उल्लेख गरेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार यस्तै समाचार सन् २०१६ मा पनि आएको थियो । त्यसपछि अन्तरमन्त्रालय टिमले स्थलगत अनुगमन गरेको र ती भवनहरू नेपाल चीन सीमाबाट करिब एक किलोमिटर पर चिनियाँ भूमिमै बनेको ठहर गरेको मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा नेपाल र चीनबीचको सीमा दुई देशबीच हस्ताक्षर भएका सीमासन्धि र सीमा प्रोटोकलहरूका आधारमा निर्धारण भएको उल्लेख गरिएको छ । सीमा सम्बन्धका विषयमा नेपाल र चीन निकट संवादमा रहेको पनि जनाइएको छ ।
हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवन बनाएको भन्ने समाचार हालै आएको थियो । यसपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी गिरीसहित नेपाली सेना, नेपाल प्रहरी, नाम्खा गाउँपालिकाका अध्यक्षसहितको एक टोली उक्त क्षेत्रमा पुगेको थियो । बुधबारै नेपालस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गरी नेपाली भूमि मिचिएको भन्ने समाचार खण्डन गर्दै ती भवनहरू आफ्नै भूमिमा बनेको जनाएको थियो ।


सम्बन्धित समाचार