Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाँडभैलोबीच नेकपामा छिर्यो एमसीसी

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना महामारी, एमसीसी लगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन । खासगरी एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको छ । एमसीसीबारे पार्टीभित्रै स्पष्ट दुई धार देखिएको छ । एमसीसीका विषयमा पार्टीले अध्ययन कार्यदल गठन गरेर प्रतिवेदन समेत दिइसकको छ । त्यसैको आधारमा छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ । सरकारले आगामी आवको नीति तथा कार्यक्रममा समेत समावेश गरेको एमसीसी परियोजनाबारे सत्तारूढ दल नेकपा अझै अनिर्णीत बनेको छ । एमसीसीका विषयमा विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको एमसीसी अध्ययन कार्यदल बनाइएको थियो । स्थायी समितिको बैठकका एजेन्डा र विषयवस्तुका सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खानाल, पार्टी उपाध्यक्ष वामदेव गौतमको एक मत देखिन थालेपछि अध्यक्ष केपी शर्मा ओली समूहमा झस्का पसेको छ । अध्यक्ष ओली विमतीका विषयहरुलाई असहमति दर्शाउँदै सहमति हुनसक्ने विन्दूहरुमा एक हुने पक्षमा देखिएका छैनन् । नेताहरुको भनाईमा एमसीसीले प्रस्तुत गरेका केही बुँदाहरु नेपालको हितमा नभएकाले तिनलाई परिमार्जन गर्न सम्बन्धित पक्षसँग सरकार पार्टी दुवै तहबाट प्रस्ताव लैजानुपर्ने अडानमा छन् । उनीहरुको यही अडानले प्रधानमन्त्री ओली पक्षलाई शसंकित बनाएको हो ।