Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका हुन्।
भारत भ्रमण टोलीमा लामिछानेकी पत्नी निकिता लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा तथा प्रदीप आचार्य सहभागी हुनेछन्।
रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार सभापति लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारतमा रहनेछन्। भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
भ्रमण अवधिमा लामिछानेले भाजपाका वरिष्ठ नेताहरूसँग विभिन्न विषयमा छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।
यस्तै, उनले व्यक्तिगत रूपमा अयोध्या भ्रमण गर्ने कार्यतालिका पनि रहेको जनाइएको छ।
यसअघि आइतबार नै भाजपाले पनि विज्ञप्ति जारी गर्दै रास्वपा प्रतिनिधिमण्डलको भारत भ्रमणबारे जानकारी दिएको थियो। विज्ञप्तिमा प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नितिन नवीनसहित अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने उल्लेख गरिएको छ।
रास्वपाका अनुसार सभापति लामिछाने आज दिउँसो १ बजे भारततर्फ प्रस्थान गर्नेछन्।
उल्लेखनीय रूपमा, प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति दिएको भोलिपल्ट सत्तारूढ दलका प्रमुख नेता लामिछाने भारत भ्रमणमा जान लागेका हुन्।
२०८३ जेष्ठ १८
ताजा नेपाल
२०८३ जेष्ठ १८
ताजा नेपाल
२०८३ जेष्ठ १८
ताजा नेपाल