Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भाडा नतिर्ने सिटी मार्केट बन्द

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ । महानगरका लुटाहा र भ्रष्ट कर्मचारीहरुको स्वार्थमा चल्ने व्यापारीहरुलाई त्यहाँ ठाँउ दिएको थियो । उनीहरु सम्झौताविना नै ७–८ वर्षदेखि महानगरको स्वामित्वको भवनमा बसेका थिए । भाडा नतिरे पछि महानगरपालिकाले पसलहरु बलपूर्वक बन्द गरेर सिल गरेको हो । सटर खाली गर्न एक हप्तामात्रै समय दिएको भन्दै व्यवसायीले विरोध जनाएका थिए । तर, महानगरपालिकाले पटक–पटक महानगरको भवनमा विना सम्झौता नबस्न आग्रह गर्दै आएको थियो। भाडाको लागि भएको सम्झौताको म्याद सकिएको र सो भवनलाई महानगरले नयाँ तरिकाले उपयोग गर्ने योजना बनाएकाले व्यापारीलाई हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताएका छन् ।यसअघि महानगरले सो भवन ठेकेदारमार्फत भाडमा दिएको थियो । तर, सो सम्झौता नवीकरण नभएकाले महानगरले व्यापारीहरुलाई हट्न निर्देशन दिंदै आएको थियो ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल