Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतद्वारा रोकियो कोरोनाको खोप

काठमाडौं । भारतले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोक लगाएको छ ।  पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो । बीबीसीका अनुसार अक्सफोर्ड एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९ राष्ट्रलाई असर गर्नसक्ने अनुमान छ । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्छ । भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड एस्ट्राजेनेकाकै खोप परेको छ ।


सम्बन्धित समाचार