Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कामाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमलाई आज इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको छ।
नयाँ मूल्यसूचि अनुसार अब नेपाल आयल निगमलाई पेट्रोलमा ८ रुपैयाँ नाफा हुन्छ। तर डिजेलमा अझै घाटा पूर्ति हुन नसकेको निगमले जनाएको छ।
निगमका अनुसार मूल्य घटेर आउँदा पनि मासिक २० करोड रुपैयाँ घाटा पर्छ। एलपी ग्यास र डिजेलको घाटाको कारण निगम आगामी समयमा पनि घाटामा रहने निगमले जनाएको छ। पेट्रोलमा यो सहित ३ पटक मूल्य घटेर आइसकको छ। तर निगमले मूल्य घटाएको भने छैन।
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल
२०८१ मंसिर १४
ताजा नेपाल