Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतबाट भित्रिने फलफूल तरकारीको विषादी परीक्षण प्रस्ताव क्याबिनेटमा

काठमाडौं। भारतबाट भित्रिने फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण पुन सुरु गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेस भएको छ। यसअघि विषादी परीक्षणको काम रोकिएको थियो।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्‍ बैठकले उक्त प्रस्ताव विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ। साथै, बैठकले उक्त समितिबाट यथाशीघ्र क्याबिनेटमा फेरि पेस गर्ने निर्णय गरेको हो। क्याबिनेट बैठक बिहान ८ बजे बसेको थियो।
बैठकले सत्य निरूषण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक पनि बिहीबार प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ।