Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय सेनामा जागिर खाने हो ? अविवाहित नेपाली युवतीलाई अवसर

काठमाडौँ । नेपाली महिलालाई भारतीय सेनामा पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो । भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । भर्ना हुन चाहनेले आगामी जुलाई २० तारिखसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ । शहीद परिवारको हकमा भने उमेर हद ३० वर्षसम्म राखिएको छ । कक्षा १० पास गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत मार्क्स र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने उल्लेख छ । अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने उल्लेख गरिएको छ । अनलाईनबाट प्राप्त हुने प्रवेश कार्डमा छनोटको मिति र स्थान दिइनेछ । शारीरिकको हकमा १६ सय मिटर दौड, ८ मिनेट लङजम्प, १० फिट हाइजम्प आवश्यक पर्ने उल्लेख छ । त्यसअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइनेछन् । अविवाहितको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल