Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारदार र चौतारियाले ओलीलाई डुबाए

काठमाडौं । नेपालको अस्थिर राजनीति र सत्ताधारी पार्टी नेकपाको एकताले उचित समयमा पूर्णता नपाइरहँदा चिनिया कम्युनिष्ट पार्टीको विशेष निम्तामा अध्यक्ष पुष्पकमल दाहाल साउन पहिलो साता बेइजिङ जाँदैछन् । विशेष सूत्रकाअनुसार चीनबाट फर्किएपछि दाहाल साउन दोस्रो साताकै वरपरदिल्ली पुग्नेछन् । केही दिन अघि भारतका पूर्व विदेश सचिव श्यामशरणको एक दिने काठमाडांै भ्रमणलाई लिएर यतिखेर कुटनीतिक बृत्तमा खैलाबैला मच्चिँदा शरण र दाहालबीचको भेटघाट दिल्ली भ्रमणकै सन्दर्भमा भएको त होइन ? भन्ने प्रश्न पनि उठेको छ । प्रम ओलीले अफ्नो टीमका रुपमा प्रयोग गरेका चौतारियाहरूले दशेको कुटनीतिक सम्बन्धलाई ख्याल नगर्दा प्रमप्रति दुवै देशको अविश्वास बढेको छ । पार्टीका वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल,वामदेवगौतम समेत प्रम ओलीका छाडावादी शैलीको विरोध गर्न थालेकाले चीन र भारतका शासकहरू ओलीबाट टाढिँदै गएका हुन् । पार्टीको शक्ति बलियो बनाउनु भन्दा गुटको शक्तिमा भर परेको प्रम ओलीलाई ०७२ जेठ २ गते आफैंले गरेको हस्ताक्षरले आफैंलाई फसाएको हेक्का हुन थालेको छ । अब प्रम ओलीका भारदार चौतारियाहरूको दिनगन्ती शुरु हुँदैछ ।
सल्लाहकार गुटबाट ओली विवादित
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुटको पेरीफेरिमा देखिने मान्छे भए पुग्छ । चाहे कुटनीतिक सम्बन्ध विस्तार गर्ने क्षेत्र होस् वा विषयको विज्ञताको आवश्यकता पर्ने ठाउँमा होस् ओली गुटले च्यापेपछि प्रश्नपत्र बेचेर मेडिकल शिक्षामा धमिरा बनेकाहरूले पनि स्थान पाइहाल्छन् । प्रम ओलीको बाटो सहज छैन । उनका सल्लाहकारहरू प्रधानमन्त्री पदको झोली थाप्दै देश लुटिरहेका छन् । तर ओली समृद्धि भन्दैछन् ।
मजजदूरको नाममा राजनीति गरेर उद्योगपतिको पक्षमा घुसघुसे काम गरेर कमाएका नुवाकोटका विष्णु रिमालले हिजोका खड्ग ओलीको चरित्र ग्रहण गरेका छन् । प्रधानमन्त्रीको सल्लाहकारले राजनीतिक रुपमा देखाउने शैली लोकतान्त्रिक नहुँदा बदनाम हुने पार्टीको मात्र होइन । नेकपाको नेतृत्वले सरकारलाई कसरी चलाएको छ । प्रधानमन्त्रीका सल्लाहकार र सहयोगीहरूको हालत कति बदनाम छ ? घनश्याम भट्टराई जस्ता भ्रष्टलाई बोकेर कस्तो समृद्धि खोजिएको हो ? असगर अलिले प्राविधिक क्षेत्रमा मच्चाएको लुटको छानविन कसरी हुन्छ ? जबकि सरकारको आलोचना गरेका कारण विष्णु रिमाल छौडाको व्याख्या गर्छन् । यसरी बढी प्रचार पाएको छ । जनताकाबीच जानु नपर्ने केपी ओलीलाई उचाल्ने विष्णुजस्ता सल्लाहकारका छौंडाले बालुवाटार कसरी स्वच्छ र जनप्रिय बनाएका होलान् ? आफैं दीर्घरोगीको स्तुति गाएर कति दिन विष्णुले नेकपाको फाइदा लेलान् ? प्रधानमन्त्रीलाई घमण्ड छ, उनको गुट त्यस्तै छ । क्षमता विहीन चरित्रहरूलाई राजदूत बनाएर नेकपाले कस्तो कुटनीतिक सम्बन्ध जोड्ला ? दुइृ तिहाईको दम्बले सरकारलाई एक पछि अर्को गर्दै जनताकाबीचमा बदनाम बनाएको छ । आफैं सबै जान्ने आफूले गरेको काम सबैले मान्नु पर्ने अहंकारमा सरकारका प्रधानमन्त्री चुर्लुम्म छन् । सरकारले आफ्नै सांसदको समेत विश्वास लिएको छैन । पार्टीका वरिष्ठ नेताहरूलाई समेत प्रमका सल्लाहकारहरूले अपमान गरेकाछन् । विष्णु रिमाल हिजो माधव नेपालको पछि लागेर मजदुर नेता भएका हुन् । एमाले गुटले पेलेको छ । सरकारी नियुक्ति पाएकाहरूले पार्टी एकताको ख्याल गरेका छैनन् । गोरखापत्र, रासस, नेपाल टेलिभिजन भित्र देखाइएको एमाले शासन सहेर बसेका पूर्व माओवादीहरू अहिले दंग परेका छन् । राजदूत नियुक्तिको विवाद त्यस्तै छ । राष्ट्रिय खेलकुद परिषद्मा विवादास्पद रमेश सिलवाल जस्ता शिक्षा माफियालाई सदस्यसचिव बनाएपछि त प्रम ओली गुटको चरित्र उदांगो भएको छ । सरकारले गरेका कुनै पनि निर्णयमा पार्टीको सरोकार देखिँदैन । तर सरकार जनपक्षीय कामबाट टाढिँदैछ ।
सरकारले गरेका निर्णय विवादरहित भएनन् । संसदमा ल्याएका विधेयकहरू त्यस्तै विवादित छन् । आफूले देखाएको अहंकारको सजायँ एकपछि अर्को गर्दै पाइरहेको छ तर सरकार चेत्दैन । प्रधानमन्त्री ओलीको निकट भएपछि त्रिभुवन विश्वविद्यालयको बदनाम टीम समेत बच्न सक्छ कि भन्ने शंका बढायो । किनकि हिजो ओलीको टिमले संरक्षण गरेका परशुराम बस्नेत, रमेश बाहुन जस्ता डनहरूयुवासंघका योद्धा नै बनाइए । उनीहरू दुवैले समाजमा उपद्रो मच्चाउँदा प्रशासनले ओलीकै कारण पक्राउ गर्न सकेको थिएन । प्रहरी इन्काउन्टर भनिएका कुमार घैंटे, दिनेश अधिकारी, मनोज पुन, रमेश बाहुन, परशुराम बस्नेत, राजनीति संरक्षण प्राप्त डनहरू हुन् । घैंटे र अधिकारी काँग्रेस र एमालेका आडमा गुण्डागर्दी गर्थे । पुन पनि एमालेकै युवा संघको सदस्य थिए । उनीहरूको धन्दा लगानी बिनाको आम्दानी गर्नु हो । रमेश बाहुन जेलमा छन् यिनले एमालेमा भिœयाएकै केपी ओलीले हो । महेश बस्नेतले परशुरामलाई युवा संघको नेतृत्वमा ल्याएका हुन् । महेश प्रम ओलीका विश्वास प्राप्त युवा हुन् । उनी भक्तपुर २ वटा सांसद छन् ।


सम्बन्धित समाचार