Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भिलेन परमिता

केही अगाडि एक कार दुर्घटनाको कारण चर्चामा रहेकी मोडल अभिनेत्री परमिता आरएल राणा अहिले फेरि चर्चामा छिन् । यो पटक उनको चर्चा फिल्म ‘दि कर्मा’को कारण भएको हो । फिल्म यही माघ १७ गते शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी पनि मिडियामा चारैतिर छाउन थालेकी छन् । एक्सन लभस्टोरी जनरामा निर्माण भएको फिल्म देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मले नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनाको विषय उठाउने कोसिस गरेको छ । फिल्ममा उनले नकारात्मक भूमिका निर्वाह गरेकी छन् । फिल्मको आफ्नो भूमिका दर्शकले रुचाए आगामी दिनमा पनि फेरि नकारात्मक भूमिका निर्वाह गर्ने उनको सोच रहेको छ । ‘दि कर्मा’मा अहिलेसम्मकै फरक र बोल्ड भूमिका निर्वाह गरेको छु’, परमिताले भनिन्– ‘यसको भूमिका मेरो प्रयोग पनि हो ।’ परमिताको यसअगाडि केही फिल्म प्रदर्शनमा आइसकेका छन् । तर उनले सफलताको स्वाद भने चाख्न पाएकी छैनन् । ‘दि कर्मा’ विषयवस्तु, निर्माण र भूमिका सबै फरक भएकाले सफल हुने उनले अनुमान लगाइन् । फिल्मको केही पहिले ट्रेलर सार्वजनिक भएको थियो । ट्रेलरमा रहेको परमिताको लुक्सले दर्शकको ध्यान तान्न सफल भएको छ । फिल्ममा उनी बुद्धि तामाङको जोडी बनेकी छन् । बुद्धिसँग जोडी बनेर काम गर्न पाउँदा बेग्लै अनुभव भएको उनले सुनाइन् । फिल्ममा भारतीय कलाकार करण वर्माको पनि अभिनय रहेको छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एन्ड इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म जयराज राय, श्रीदेव बीएल र निशा खतिवडाले मिलेर बनाएका हुन् । शारदा खड्का अर्याल सहनिर्मात्री रहेको फिल्ममा फिल्ममा परमिताको अलवा नीता ढुङ्गाना, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापितलगायतका कलाकारको पनि अभिनय छ ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल