Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथमा पुगेर दर्शन गरेका छन्। निजी भ्रमणको सिलसिलामा काठमाडौं आएलगतै वाङचुक काठमाडौंको स्वयम्भूनाथ र बौद्धनाथ पुगेर दर्शन र पूजाअर्चना गरेका हुन्। सो क्रममा उनले स्वयम्भूनाथ परिसरको अवलोकन समेत गरेका थिए भने नजिकै रहेको गुम्वाहरुमा समेत गएका थिए। स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि वाङचुक काठमाडौं आएका हुन्। आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका भुटानी नरेश आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल