Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भूत भगाउने नाममा १२ वर्षीया बालिकालाई पन्यूले डामियो

काठमाडौँ । भूत भागाउने भन्दै १२ वर्षीया बालिकालाई पन्यू तताएर डाम्ने बाजुरा घर भई चोभार बस्ने २६ वर्षीय किशोर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बाजुराका १२ वर्षीया बालिका प्रमिला शाहीलाई भूत लागेको भन्दै पन्युले डामेको आरोपमा किशोर शाहीलाई चोभारबाट महानगरीय प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो । असोज १ गते बालिका सामान्य बिरामी भएकी थिइन् । बिरामी भएपछि किशोरले भूत लागेको भन्दै पन्यूले डाम्नुपर्ने बताएपछि चारपटक सम्म पन्यूले डामेका थिए । पन्युले डामेपछि बालिकाको ४ प्रतिशत अनुहार जलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । कीर्तिपुर अस्पतालमा उपचारपछि पीडित बालिका डिस्चार्ज भएकी छिन् । किशोर शाही चोभारमा रंगरोगनको काम गर्दै आइरहेका थिए । पक्राउ परेका शाहिमाथि अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।


सम्बन्धित समाचार