Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भूसको आगो बनिसक्यो कोरोना

काठमाडौं । भूसको आगो जस्तो भित्रभित्रै कोरोनाले सिंगो देशलाई गालिसकेको छ । काठमाडौंका मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस भएको देखाएको छ। सो अध्ययनमा चार स्थानमध्ये दुई स्थानका ढलको पानीमा कोरोना भाइरस देखिएको हो। सार्स २ इन्भारोमेन्टल सर्भिलेन्सले २ महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो। सो अनुसन्धानका मुख्य अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखिएको जानकारी दिए। उनले भने, हामीले कम्तिमा १०० घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानको ढलको नमुना लिएका थियौँ। मानिसको दिसामा समेत कोरोना भाइरस रहेकाले त्यो ढलमा देखिएको हो। उनले कोरोना भाइरस मानिसको दिसामा भएको र भाइरस समुदायमा गइसकेको संकेत अनुसन्धानले दिएको बताए। उनले भने, भाइरस समुदायमा गइएको संकेत अध्ययनले देखाएको छ। तर, लक्षण नभएका संक्रमित भएको पनि देखिन्छ। उनीहरुबाट पनि अरुलाई सर्न सक्छ। धेरै व्यक्तिको पिसिआर टेष्ट हुन नसकेको अवस्था यसरी अध्ययन गरी ढलमा भाइरस भेटिएका टोलटोलमा परीक्षण गर्न सकिन्छ।