Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोकमरीले विद्रोह निम्तन सक्छ

कम्युनिष्ट पाटीले बहुरुपी कोरोना भाइसरले सिर्जना गरेको भोकमरीका विरुद्ध कार्यकर्ता परिचालन गर्न सकेन । चर्को भाषण र शोखिन चरित्र कम्युनिष्ट पाटीमा बढ्दो छ । जनताको काम नगर्ने पैसाको काम गर्ने सर्वहाराको भाषण गर्ने बहुरुपी गुण्डाहरु परिचालन गरेर मानवियता हराएको स्वार्थी समाजलाई देखाउन राहतको नाटक स्थानीय ठालुहरु संग तस्बीर खिचाउदै आफ्नो कित्ता छुट्याउन सफल भएकाहरु धेरै छन् । सरकारको यही स्थिती हो भने केही समय भित्र ठुला सहरहरुमा भोकमरीको बिद्रोह चर्कीने निश्चित छ । सिंहदरबारले पठाएको पत्र प्रदेश सरकार र स्थानिय सरकारको कार्यक्रममा प्रभावकारी देखिएन । त्यही कारण जनप्रतिनिधिका नाउँमा बाडिएको रासन हस्ताक्षर गरेको भन्दा १० किलो कम दिएर मेयर साबहरुको हैसियत छर्लग्ग देखियो । किर्तीपुरका मेयरले शुरुका दिनमा विश्वविधालयका विधार्थीहरुको भोकमरीलाई चासो दिएनन् । उनीहरु तिनका मतदाता थिएनन् । सिंहदरबारले सुनेको र देखेको किर्तीपुरको जस्तै समस्या देशै भरका नगरपालीकाहरुमा नभएको होइन । मजदुर र श्रमीकहरु मथिमात्र हैन यही स्थिती रहयो भने कमाई विना घरमा खुम्चिएर बस्न बाध्य बनाएका काठमाण्डौका मध्यम वर्ग परिवार समेत भोकमरीको नारा उराल्दै सडकमा आउन बाध्य हुनेछ । लकडाउन मात्र समस्याको समाधान होइन । सरकारले बजार खुकुलो बनाउदै कारोना परिक्षण अभियान चलाउन जरुरी छ । यस्तो बेलामा पनि लुट्ने ले लुटीरहेका छन् । प्रधानमन्त्री ओली संसदमा भ्रष्टचार हुन दिन्न भनी रहेका छन् । ज्यालादारी मजदुर र भारी बोक्ने भरियाको पिडाप्रति वर्तमान सरकारलाई के वास्ता । चुनाव आएको छैन हिजो भोटलिन मजदुरले काम गरेको ठाउँमा पुग्ने नेताहरुलाई सिहदरबार आउँजाउ गर्दैमा समय बितेको छ । सम्भावित विद्रोह र भोकमरीको के चासो ?