Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलिदेखि मलेसियाको नयाँ भिसा प्रमाणीकरण

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको हकमा नयाँ श्रम स्वीकृति लिनका लागि मलेसियास्थित नेपाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरण शुरु गर्ने भएको छ ।
आइतबार र सोमबार क्वालालमपुरस्थित नेपाली दूतावास बन्द हुने भएको हुँदा मंगलबारदेखि मागपत्र प्रमाणीकरणको काम शुरु गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार औपचारिक रुपमा सूचना निकालेपछि मात्र दूतावासले मागपत्र प्रमाणीकरणको कार्य भने शुरु गरिसकेको जानकारी दिएको छ । मन्त्रालयले आइतवारदेखि नयाँ श्रम स्वीकृति जारी गर्ने विषयमा सम्बन्धित निकायलाई सूचनामार्फत जानकारी गराइएको जनाएको छ ।
सेक्युरिटी गार्ड, कम्पनी, उद्योग, होटल र अन्य कम्पनीमा मलेसियाबाट ठूलो संख्यामा नेपाली कामदारका लागि माग आउने रोजगार व्यवसायीले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार