Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भौतिक मन्त्रालय र विभागको द्वन्द !

काठमाण्डौ । सरकारलाई सघाउने र जनतामा काम देखिने सडक, सिचाइ र विद्युतको उचित व्यवस्थापन हो । तर यी तिनै तहबीच समन्वय छैन । सडक र उर्जा प्राविधिक पक्ष हुन् । सचिवको जिम्मेवारी लिनेहरुले यहाँ ध्यान दिएकै छैनन् । पूर्वाधार विकासमा प्राविधिक पक्षले महत्व झल्काउन सक्छ । तर अहिले सडक विभाग र मन्त्रालयबीच दरार खडा गर्ने काम भएको छ । जुन काम सडक विभाग भित्रैबाट हुने गर्दछ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडक विभाग अहिले आफै शिथिल छ । उर्जा अन्तर्गत भने काम भइरहेका छन् । २४ (घ) का इन्जीनियर अंगलाल रोकाय र आँफू  डिई भएर मदन भण्डारी लोकमार्गमा बसेर भकुर्न सम्म भकुरेका अर्जुन क्षमतावान हुन् । उनी  डिई हुँदा सबै ठिक हुन्छ । त्यही ठाँउमा अर्काे कामु डिईले काम चलायो भने उनलाई औडाहा हुन्छ । त्यस्तै चरित्रका २४ घ अगंलाल रोका उपसचिव तहका हुन् । यी दुई मिलेपछि सडक विभागभित्र दर्जन समाचार बन्छन् ।

आफ्नो स्वार्थ बाझीने भयो भने यीनले हाकिमहरु विरुद्ध सूचना चुहाउन थाल्छन् । जागीरे समयभर उपत्याकाको ललितपुर भक्तपुर काठमाण्डौका सबै ठाँउ चाहारेका अगंलाल विभागले खटाएको ठाँउमा जादैनन् । उनलाई सरुवा गर्दा वडो विचार पुर्याउनु पर्ने कुरा केशव शर्मा डिजी हुँदा तत्कालीन मन्त्री बशन्त नेवाङ्गको चेम्बरमा चर्चा चलेकै हो । कुरा काट्नेहरुले औपचारिक डिग्रो नभए पनि सडकको डिजी हुनेहरुकै जगजगी भएको बेला डेलिडारबाट कमाउन सडकमा आएका अर्जून अर्यालले अंगलाल जस्तो छापामार पार्टनर पाउनु पनि संयोग मान्नै पर्छ भन्छन् ।

तीनै दुई जस्ता चलाख इन्जिनीयर सडकका डिइ र सुईहरु सडक विभागभित्रको समाचार लेख्छन् पठाउछन् । अर्जून जंग थापा मन्त्रालय तानीए पछि शिवहरि सापकोटा डिजी भएका छन् । मन्त्रालयमा प्राविधिकहरुको खाँचो छैन । सडक के हो त्यो कस्तो अवस्थामा छ सचिव रविन्द्रनाथ श्रेष्ठ सहसचिवहरु केशव शर्मा, ललि जंग खनाल, अर्जून जंग थापालाई राम्रो ज्ञान छ । तर मन्त्रालय र विभागको सम्बन्धको गाठो फुस्केको छैन । वशन्त नेवाङ्ग मन्त्री बन्दा उनको पछि पछि झोला बोकेर दौड्ने मात्र होइन डिइ र सूईरुलाई होटलमा बोलाएर दाम झार्दा पनि चर्चा भएन । तर अहिले मन्त्री रेणु यादवको पैसा मोहमा ठेकदार सकृय हुँदा बढी चर्चा भयो भन्नेहरु पनि बढ्दैछन् । त्यो पनि अंगलाल र अर्जून आर्यालको सकृयतामा गाठित प्रचार व्युरोमा । भन्नेले त यी दुवैको सूईच मन्त्रालयमा वैदेशीक महाशाखा हेर्ने केशव शर्मासँग छ भन्छन् । तर शर्मा त्यस्ता कुरामा चासो नदिने सहसचिव हुन् । उनले यस्ता झुर कुरालाई चासो पनि दिदैनन् ।

अनलाईन पढेर ल्यावको अनुभव हुन्न भने जस्तै औपचारिक स्नातक नभएका तर काम जानेकाहरुले नै सडक विभागलाई चुस्त बनाएको समय पनि त्यो बेला थियो । उपत्याकाको सडक चिल्लो थियो । एक डेढ लाख खाल्डा खुल्डी १५ दिनमै टालेर सडक चिटिक्क बनाइएको थियो । डिजिले झोला बोकाकै थिए । विभागीयमन्त्री कुदेकै थिए । तर अहिले मन्त्री रणु यादवले प्राविधिक पक्ष परिचालन गर्न तीनै प्राविधिकहरुलाई सकृय बनाउन नसक्नुको कारण मन्त्रालय र विभाग बीच समन्वय नहुनु हो । कामभन्दा हल्ला बढी हुने सडकको विस्तार र मर्मतको प्रगति नहुनुमा दोषी को हो ? विभागभित्र आफ्नै साथीहरु विरुद्ध अफवाह फैलाउने र काममा भाँजो हाल्ने तत्व कुन हो ?

बिग्रेको सम्बन्ध सुधार्न हो भने नेतृत्वले नै पैसामा लोभ लालच देखाएर ठेकदारबाट ठूलो थैली आश गर्न हुन्न । सडक विभाग प्राविधिकहरुले चलाउने हो । मन्त्रीका सम्धी र ठेकदारले चलाएर चल्दैन । राजनीति गर्नेले लाइन दिने हो । राजनीति आफ्नो ठाँउमा छ । विकासको शुरुवात सडकबाट हुन्छ । सिञ्चाइ र विद्युत त्यसको पछिल्लो पाटो हो । योग्यता बिनाका राजनीतिज्ञ प्राविधिक बन्न खोज्दा धेरै विग्रेका छन् । हिसीला र डा.बाबुराम प्राविधिक रुपमा सफल भए । राजनीति गर्दा पनि आफ्नो पार्टीमा सफल भएका हुन् । विरोध त तीनको पनि सिंहदरबारभित्र बारम्बार हुने गर्दछ । संयोगबस भौतिक पूर्वाधार मन्त्रालय जसपाले पाएको पनि छ । ती दुई नेताहरु जसपाकै बनेका पनि छन् ।


सम्बन्धित समाचार