Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्याक्सिन आएको ६ महिना पछि मात्रै जनजीवन सामान्य हुने

काठमाडौँ । विश्वको ध्यान अहिले कोरोनाको औषधिमा केन्द्रीत भएको छ । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप प्रयोगमा आइहाले पनि त्यसको प्रभाव देखिन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । कोरोना भाइरस महामारीको एक मात्र विकल्पका रुपमा खोपलाई लिइरहँदा नेतृत्वदायी वैज्ञानिकहरुको समूहले खोपको प्रभावकारी प्रयोगमा आएको कम्तिमा ६ महिनाअघि जनजीवन सामान्य नहुने चेतावनी दिएको हो ।
२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेको तथा ४० भन्दा बढी खोप परीक्षणको विभिन्न चरणमा रहेकाले छिट्टै महामारी नियन्त्रणमा सफलता मिल्ने विश्व स्वास्थ्य संगठनले जनाउँदै आएको छ । तर, खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
खोपका विषयमा तथ्यपरक भएर विश्लेषण गर्न जरूरी रहेको उनीहरूको प्रतिबेदनमा औँलाइएको छ । खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्ने उनीहरूले सुझाएका छन् । इम्पेरियल कलेज लण्डनको नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युडकी डा।फिओना कलीका अनुसार महामारी अन्त्यका लागि खोपसँग ठूलो आश भए पनि खोप विकासका चरणमा विगतमा भएका धेरै असफलताहरु पनि बिर्सन मिल्दैन ।
बेलायत तथा अमेरिकासहितका देशमा यहि वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र जनजीवन सामान्य हुने अपेक्षा गरिरहँदा वैज्ञानिकहरूले निराशाजनक प्रतिबेदन सार्वजनिक गरेका छन् । यद्यपि खोप आएपछि भने विकल्पविहिन अवस्था भने नहुने जनाइएको छ । ‘खोप विकास भएपछि प्रयोगमा आएको महिना दिन भित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन,’ इम्पेरियल कलेज लण्डनकी केमिकल इन्जिनियरिङ्ग विभाग प्रमुख निलय शाहले भने, ‘खोप लगाउने प्रक्रिया पूरा हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्छ । त्यसैले आउँदो मार्चमा जनजीवन सामान्य अवस्थामा फर्किने सम्भावना छैन ।’


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल