Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफू मात्र प्रजातन्त्रवादीहरू अरुलाई आतंकवादी भन्ने गफ चर्का गर्ने नछाड्ने नेपाली काँग्रेस आफ्नै कारण सत्ताच्यूत भएको छ । पार्टीको १४औं महाधिवेशनमा बेप्रसंगका विषय उठाएर सत्ता गठबन्धनकै शक्तिमाथि प्रहार गर्दा नाचेका गगन थापा र डा. शेखरहरूलाई पार्टीको संस्थापनलाई नंग्याएर आनन्द लाग्दो छ । चार वर्षपछिको चुनावमा कसैसँग गठबन्धन नगर्ने गगन थापाको घोषणा र पूर्णबहादुर खड्काको प्रस्तुतीले आफ्नै खुट्टामा बञ्चरो प्रहार गरेको छ ।
पुरानो गठबन्धन भत्कनुमा भुल दोषी डा. आरजु देउवाको लुटतन्त्र हो । उनले डा. प्रकाशरण महत, मोहन बस्नेतको ब्रम्हलुटमा सघाएकी थिइन् भने असक्षम उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री र नारायण साउदको परराष्ट्र नीति र सम्बन्धमा असफलता काँग्रेसले देखेन । गगन थापा कुन त्यस्तो नैतिकवान हुन् ? जसले एडिबीको अनुदानबाट प्राप्त व्यवासयीक किसानको आहरा खोसेको कुरा संसारले देखेको छ । काँग्रेस काँग्रेस बन्न सक्नुपर्छ भन्ने मान्यता राख्नु उचित होला । तर माओवादीको भोटले काँग्रेसले ८८ सीटमा चुनाव जित्दा ९५ जना उम्मेदवार बनाउन कसबाट साथ पायो त्यसको कतै चासो नदिँदा काँग्रेसले पश्चाताप गरेको छैन । मुलुकमा रवि, बालेन, हर्क साम्पाङ, गोपाल हमालहरू आउनु काँग्रेस र एमालेको मात्र असफलताले होइन, संघीयता र गणतन्त्रका पक्षधर माओवादी पनि दोषी छन् । जनताले बारम्बार काँग्रेसलाई साथ दियो । जनताको त्यो साथ र समर्थनमा काँग्रेस गम्भीर भएन । नेतृत्व लिएका सभापति देउवाले श्रीमतीलाई नै काबुमा राख्न सकेनन् । काँग्रेसमा डा. आरजु, मञ्जु, विना र ज्योत्सना जस्ता ठूलाका छायाँहरूले सत्ताको रजाई नै गरेका छन् । अहिले काँग्रेस पानी बिनाको माछो भएको छ । सरकारका मुल एजेन्डामै सहभागी नहुने घामट आफ्नै घरमा फोहोरको पैसा नतिरेर बार र पर्खालमा फोहोरका झोला झुण्डाउने डा. प्रकाशशरण महत जस्ता नायकहरूले डा. आरजुलाई चित्त बुझाए हुने जनताको सेवक बन्न नसक्ने नालायक कै कारण गठबन्धन फुत्क्यो । मात्र सभापति देउवाको ज्योतिष फलादेशको भरमा छैठौं पटक प्रम बन्न योग समेत भत्क्यो । यस्तै सपना माधव नेपाल एक वर्ष प्रम बन्ने थियो भने फल मिठो संघीयता नमिठो मान्ने नेकपा मसालका बयोवृद्ध महासचिवकी कान्छी दुर्गा पौडेलको राष्ट्रियसभामा सदस्य बन्ने सपना पनि तुहिएको अवस्था अहिले आयो । जनताका समस्या सर्वोपरि नहुने नेताको मात्र स्वार्थ पूरा हुने लोकतन्त्रले नेपाली जनताको हित गरेन । कालो बजार, बेरोजगारीका नायक नै काँग्रेस हो । व्यवस्था यहाँ भन्दा राम्रो अरु हुँदैन । नेता नै दरिद्र, बेइमान, राष्ट्र र जनतामाथि गद्दारी गर्ने भएका कारण गणतन्त्रमाथि प्रहार गर्ने शक्ति नै बल पाएका हुन् । सरकारमा काँग्रेस रहनु भन्दा नरहनु राम्रो हो । कार्यकर्तामा उत्साह छैन । जनताले काँग्रेसलाई भरोसा योग्य बन्न नसक्नुको दोष शेरबहादुर देउवा र उनकी पत्नी गुटले जति जिम्मेवार छ त्यो रुपमा डा. शेखर, गगनहरू पनि हुन् । काँग्रेस फुत्कनुको अर्थ छैन । आफ्ना असक्षम पात्रले गरेका व्यवहारले गठबन्धन भत्केको बुझ्नुपर्छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल