Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रष्टाचारमा इतिहास रच्दै देउवा, प्रशासनमा आरजु आतंक

काठमाडौं । लुट्नकै लागि राजनीतिमा आएका प्रम शेरबहादुर देउवा र पत्नी डा. आरजु राणाले काँग्रेसकी भ्रष्ट चेली शिरोमणि सुजाताको चरित्रलाई माथ गरेकी छिन् । सुजाताले पितासँग आग्रह गरेर स्वार्थको निर्णय गराउने गर्थिन् तर आरजुले प्रम देउवालाई ऐन नियम, कानुनको धज्जी उडाउँदै निर्णय गराउन बाध्य पार्ने गरेको काँग्रेसकै नेताहरू बताउँछन् । डा. आरजुको स्वीकृतिबिना प्रहरीको नत सरुवा हुन्छ नत बढुवा । गृहमन्त्री बालकृष्ण खाँण छन् । तर गृहको निर्णय गर्दा आरजुका पिए प्रकाश देउवाको खोजी हुन्छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अडानले पनि त्यहाँ काम गर्छ । सुर्खेतका बसन्त पन्त ११ दिन एआईडी भए । काभ्रेका बसन्त लामा २४ घण्टे एआईजी बने । अनुसन्धान विभागमा कुलदेव थापा ३ दिने उपनिर्देशक भए । यी सबै काम पैसाले भएका थिए । ५० लाख तोकेर चलचित्र विकास बोर्डको अध्यक्ष पद बेचियो । देउवा शासनको यो लुटको कारण कम्युनिष्टको नाउको कलंकित नबन्न माओवादी केन्द्रलाई दबाव दिइएको छ ।
प्रम शेरबहादुर देउवालाई सुदूरपश्चिम भए पुग्छ । क्षमता चाहिँदैन । देउवाका लागि सुदूरपश्चिम नै योग्यता हो । आखिर नेपाली काँग्रेसलाई पैसा भए पुग्छ । यो पार्टी सत्तामा रहँदा निष्पक्षता कतै देखाएन । काँग्रेसीकरणले चरम रूप लिएकै हो । नेकाले सिकाएको बाटो एमालेले लिनै प¥यो । सत्ता साझोदारी दल भएको कारण माओवादीले ठाउँ खोज्नु नौलो कुरा होइन । संसदीय कालका १४ वर्ष काँग्रेस र एमालेले भाग लगाएर खाएका हुन् । लोकतन्त्रपछिको शासनमा माओवादीले भाग खोजेको कुरा कुनै अनौठो होइन । राष्ट्रिय अनुसन्धानमा एकजना सहनिर्देशक पद खाली छ । हिजो त्यो दरबन्दी २÷३ जनाकै थियो । लोकतान्त्रिक सरकारले नै प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका दरबन्दीहरू काट्यो । जसले दरबन्दी घटायो थप्ने कामको बुरुआत त्यसैले ग¥यो । प्रहरीमा पाँच एआईजी छन्, सशस्त्रमा २ जना हुँदा पनि काम चलेकै छ । राष्ट्रियअनुसन्धानमा पनि आवश्यकता भन्दा भाग वण्डाका कारण थपिँदा दौडधूप गर्नेलाई फाइदा हुन्छ । प्रहरीमा २४ घण्टे एआईजी बनाएर राष्ट्रको श्रोतमा मनपरी गर्ने काम भयो । गुप्तचरमा त्यस्तै भयो अहिले २ जना सहनिर्देशक बनाउने तयारीमा सरकार छ । भदौ २३ गते यदु् खरेलले अवकाश पाउने हुन् । त्यो ठाउँमा ल्याउने गरी हुतराज थापा, ओम जोशी, हरिहर पौडेल, सुनिल ढकालबीचको प्रतिस्पर्धा हुनु स्वाभाविक हो । एकै मितिमा डिआईजी भएका उनीहरू जो एआईजी (सहनिर्देशक) बन्छन् । तिनैमध्ये एक प्रमुख बन्छन् । अन्य दुई जना अवकाश हुन्छन् । डिआईजीको कार्यकाल ५ वर्षे हुन्छ ।
प्रहशरी आईजीपी धिरज प्रताप सिंह, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल यस्तै भूमिगत गिरोहबाट प्रताडित छन् । त्यो गिरोह भनेकै डा आरजु राणा र भाइ भूषण राणा हुन् । प्रम कार्यालयमा भन्दा निवासबाटै काम गर्ने गर्छन् । श्रीमती राणाको कुकर्मविरुद्ध काँग्रेसभित्र गठबन्धन टुटाउने अभियान चलाउनु पर्ने दबाव बढ्दैछ । केन्द्रीय समिति बैठकमा सरकारको नालयाकी पनको व्यापक विरोध भएकै छ । प्रम देउवाको टोलीमा पूर्णबहादुर खड्का, बालकृष्णा खाँण, रमेश लेखक, मिन विश्वकर्मा, डा. प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की आफूसँग रु ३५ अर्बको सम्पत्ति भएको धाक लगाउने शिक्षा माफिया उमेश श्रेष्ठ रहेका छन् । सशस्त्रमा दिपेन्द्र कुँवरले कामु एसएसपी पाएर प्रबन्धमा रमाउनु, भानु देउवाको सहयोग हो । प्रचार भएअनुसार कामै नलाग्ने बार वोर बन्दुक र हतियार प्रहरीलाई भिडाउने प्रयासको सर्वत्र विरोध भयो, थन्कियो । अर्थबाट राजश्व दर घटाउने खेल चलाएर जनार्दन शर्मा बलीमा चढ्नु परेको घटनामा पनि डा. आरजुकै हात रहेको छ । भाउजुको नाता लगाएर हतियार माफिया दिपक भट्टले रु ८४ करोड रकममा ५१ करोड एक कलम, ३३ करोड अर्को कलम गरी रु १ अर्ब ३५ करोडको हतियार खरिदमा आरजुले कति खालिन् ? जबकि हतियारमा ४ दोब्बर मूल्य राखिने पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई थाहा छ । प्रहरी भन्छ, यसको चर्चा चल्यो प्रक्रिया थन्किएको छ । भ्रष्टाचार र सुशासनको अभावले आर्थिक बिचौलियाको बिगबिगी बढेको छ । ओलीको नीतिगत लुटमा राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धन, सम्पत्ति सुद्धिकरणलाई प्रधानमन्त्री अन्तर्गत राखेर फैलिएको विकृति देउवाले समेत ग्रहण गरेका छन् । आरजु र भूषणलाई यो प्रवृत्ति झन चोरलाई लिस्नो भएको छ । जुद्ध समशेर राणाकी नातिनी डा. आरजुकी आमा प्रतिभा राणा राप्रपाकी नेतृ हुन् । ६३ वर्षकी आरजुलाई कैलालीबाट नारदमुनी रानाले चुनाव हराएका हुन् । त्यही बेला कैलालीकी नक्कली बासिन्दा आरजुलाई ठेकेदारहरू जिपछिरिङ लामा, बहादुर सिंह लामा, रमेश शर्मा, विक्रम पाण्डेले संयुक्त खर्चमा कैलालीमा घर खरिद गरिदिएका थिए । काँग्रेसको बदनाम सुजाताले जसरी गरिन् डा. आरजुले त्यसैगरी गराइन् । नेपाली जनताका निम्ति घातक चरित्र आरजुको कारण नेपालको संससदले एमसीसी स्वीका¥यो । अमेरिकी सेनाको परेड खेल्ने स्टेट पार्टनरशिप कार्यक्रम जबर्जस्त प्रवेश गराउने खेल हुँदैछ । आफैं बदनाम नेपाली सेनाका टाउकेहरूलाई पनि लुट्न पाए पुग्छ । त्यसमा पनि डा. आरजु जस्ता कलंकबाट देशको राष्ट्रिय स्वाभिमान बच्छ भन्ने सोचाई राख्दा देश घात हुन सक्छ । देउवा सरकार र भ्रष्ट शिरोमणि केपी ओलीको सरकारको चरित्रमा फरक छैन । सिद्धान्त, निष्ठा, समर्पण र इमान्दारिता हराएको काँग्रेसमा देउवा जस्तो कमजोर पात्रको नाममा माफिया चलायमान बन्नु नौलो होइन । देउवाको नेतृत्वमा काँग्रेसले विधानअनुसार चल्ने आश गर्नु सरकार संविधान र कानुनको सीमामा चल्छ भन्ने सोच्नु नै एकै प्रकारको कमजोरी हुँदैछ ।
सरकार गठन हुँदा ५ दलीय संयन्त्रले जे जे एजेन्डा ल्यायो त्यो एजेन्डामा प्रधानमन्त्रीका नाताले शेरबहादुर देउवा चासो नदिनु भनेकै श्रीमतीको लुटतन्त्रलाई धक्का नपुगोस् भन्ने हो । काँग्रेससँग १ वर्ष अगाडि देशको आवश्यकताका अधारमा गठबन्धन भयो । अब देउवाको टीमभित्रका लुटाहाहरूको स्वार्थबाट देशलाई उम्काउनु पर्ने दायित्व प्रचण्ड र माधवको काँधमा आएको छ । बेथिथिको चाङ लिएर निर्वाच्नमा जाँदा माधव र प्रचण्डको पार्टी समेत समाप्त हुने अवस्थामा आएको छ । यो देशमा ५ खर्ब बेरुजु हुनु भनेको लुटेराहरूको रजाई चम्कनु हो ।
काँग्र्रेसी सुशासन र स्वच्छ राजनीति भनेकै भ्रष्टाचारमा गोदवा पाउनु् हो । माफिया, विचौलियाको संरक्षण गर्न देउवा सरकार सफल छ । कम्युनिष्टका कलंक केपी ओलीको कारण ६३ सिटे काँग्रेसले सरकारको नेतृत्व पाएको हो । तर विगतमा डा. आरजुको ताल यस्तो थिएन । यस पटक प्रहरी, सशस्त्र र गुप्तचर त थला परेका छन्, निजामती प्रशासन समेत यसरी गिजोलिँदैछ । अहिले भत्केको संरचना सुधार्न चुनावपछि बन्ने सरकारलाई एक वर्ष लाग्छ भन्ने पनि काँग्रेसकै हुन् । ठिक ट्य्राकमा ल्याउनै समय लाग्दैछ । पार्टीका भगिनी संगठनहरूलाई वैद्यता नदिई टिके प्रथाबाट संस्था चलाउनेले सरकार कसरी कानुनी परिधिमा चलाउन सक्छ ? काँग्रेसभित्र शुद्धताको खोजी गर्ने काँग्रेसीले बोल्न थालेका छन् । वर्तमान सरकारले देशको सुधार गर्दैन । लुटतन्त्रलाई चम्काउने गणतन्त्र र संघीयता विरुद्ध विद्रोह हुने सम्भावना बढेको छ ।