Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार एक विज्ञप्ति जारी गरी लालीगुराँस मिडिया नेटवर्क नामक संस्थाले आफ्नो फेसबुक पेजमार्फत अयन्त्रको तस्बिरमा सम्पादन गरी सभापति थापाको तस्बिर जोडेर भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गरे। कांग्रेसले सभापतिको तस्बिर प्रयोग गरेर नेपाली कांग्रेसलाई बद्नाम गराउने कुत्सित मनसायका साथ भ्रामक र कपोलकल्पित सामग्री प्रकाशन गरेकातर्फ गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । यस्ता प्रकारका आधारहीन र भ्रम फैलाउने सामग्रीले आमनागरिकलाई दिग्भ्रमित पार्नुका साथै निर्वाचनसम्बन्धी आचारसंहिताको ठाडो उल्लङ्घन भएको कांग्रेसले जनाएको छ । यस विषयमा आवश्यक छानबिन गरी प्रचलित कानुनबमोजिम उक्त संस्थालाई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग र प्रेस काउन्सिल नेपाललाई आजै लिखित रूपमा जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल