Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि २२ गते बुधबारसम्म निष्काशन खुला गरेको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलकै कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको उक्त कम्पनीको आईपीओ एक लाख ३३ हजार ७ सय २८ जनाले १०(१० कित्ता र २ जनाले ११,११ कित्ता पाएका छन् ।
कम्पनीको आईपीओमा १३ लाख २५ हजार ८ सय ४७ जनाले १ अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपियाँ बराबरको १ करोड ४७ लाख ३५ हजार ५ सय कित्ताको लागि आवेदन दिएका थिए ।
कम्पनीले २२ करोड ८० लाख रुपियाँ बराबरको २२ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको हो ।
कूल निष्काशन मध्ये ८० हजार कित्ता सामूहिक लगानी कोष र ३२ लाख २८ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३ सय २ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
कम्पनीले दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यवसायिक उत्पादन गरिरहेको छ भने ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल