Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भनेर माधव नेपालले दिएको अभिव्यक्तिलाई मच्छडले सपनामा सिंगै हात्ती खाएको सपना सरह भएको बताएका छन् ।
आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले माधव नेपाललाई मच्छडसँग तुलना गरेका हुन् । ‘मच्छडले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो’, अध्यक्ष ओलीको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका माधवकुमार नेपालले शनिबार आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने बताएका थिए
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल