Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
वरिष्ठ हाँस्य कलाकार कलाकार मदनकृष्ण श्रेष्ठको अस्पतालबाटै आफ्नो जन्मदिन मनाएका छन् । आज अक्षय तृतीया नेपाली तिथिअनुसार परेको आफ्नो जन्मदिन उनले मेडिसिटी अस्पतालमै मनाएका हुन् । केही समयदेखि उक्त अस्पतालमा कोरोनाको उपचार गराइरहेका श्रेष्ठले जन्मदिन सिमित आफन्त र स्वास्थ्यकर्मीको उपस्थितिमा सेलिब्रेसन गरेका हुन् । उनकी छोरी सरना श्रेष्ठले अस्पतालमै पीपीई सेट लगाएर बुबाको जन्मदिन मनाएकी हुन्। उनको जन्मदिन मनाउन छोरी सरितासहित परिवारका केही सदस्य अस्पताल पुगेका थिए । जन्मदिनको अवसरमा सपरिवारले अस्पतालमै गएर सप्राईज तरिकाले सेलिब्रेसन गरेका हुन्। छोरी सरिनाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै श्रेष्ठको स्वस्थ्यमा सुधार आएको र जन्मदिन मनाएको सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्– ‘ड्याडीको स्वास्थ्यमा सुधार आएको छ । हामीलाई देखेपछि हाम्रो मन राख्न अझै फूर्ति पनि बढाउनुभयो ।’ अस्पतालमा जन्मदिन मनाएको भिडियो पनि शेयर गरिएको छ । जसमा श्रेष्ठले वर्षको तीनपटक जन्मदिन मनाउने गरेको समेत बताएका छन् । ‘वर्षमा म तीनपटक जन्मदिन मनाउँछु’ श्रेष्ठले भनेका छन्–‘पासपोट, जन्म मितिमा फरक फरक जन्मदिन आएपनि म मुख्य जन्मदिन भने यो अक्षय तृतीयामै मनाउँछु ।’
अस्पतालबाटै मदनकृष्णले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्। श्रेष्ठले आफुलाई कोरोना निको हुने विश्वास समेत व्यक्त गरेका श्रेष्ठ भिडियोमा भने–‘आजबाट कुलङ्गार कोरोना मर्यो ।’ कोरोनालाई जित्न निकै गाहे रहेको बताएका श्रेष्ठले अगाडि थपे–‘कोरोनाले मानिसलाई असाध्यै रुवायो । अब भने देशमा शान्ति होस् ।’
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल
२०८२ बैशाख ८
ताजा नेपाल