Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदन भण्डारी जयन्तीमा शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिएका छन्।

राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका सहसंयोजक माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा मदन भण्डारी फाउण्डेशनद्वारा प्रदान गरिने ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको जनाइएको छ।

यस अवसरमा मदन भण्डारीको जीवन, विचार र योगदानसम्बन्धी पुस्तकसमेत विमोचन गरिएको थियो।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि कम्युनिस्ट दलहरूबीच सहकार्य र एकताको बहस चलिरहेका बेला मदन भण्डारी फाउण्डेशन साझा संवादको मञ्च बनेको विश्लेषण गरिएको छ।

पछिल्लो समय पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतासँगै एमाले र नेकपाबीच सम्भावित एकताको विषयमा राजनीतिक वृत्तमा व्यापक छलफल भइरहेको छ।