Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली

काठमाडौं । दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थालाई लिएर चिन्त व्यक्त भएको छ। यही चिन्ताबीच परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसहित मध्यपूर्वमा रहेका नेपालीहरूको विवरण सार्वजनिक गरेको छ। परराष्ट्रका सहसचिव रामकाजी खड्काले इरान युद्धको बाछिटाका कारण तनावमा रहेका अन्य देशका नेपालीको संख्या पनि खुलाएका छन् । उनका अनुसार इरानदेखि साइप्रसम्म १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेको खुलाएका छन् । सम्भावित युद्धलाई लिएर मार्च १ मै ट्राभल एड्भाइजरी जारी गरिसकिएको जनाउँदै खड्काले सम्भावित उद्धारका लागि सरकार तयार रहेको बताए ।

मध्यपूर्वका कुन देशमा कति नेपाली ?
इरान– १० जनामध्ये ६ जना उतै (४ जना फर्किए)
इजरायल– ६५००
इजिप्ट– ५००
ओमान– २५ हजार
कतार– ३ लाख ५७ हजार ९१३
लेबनान– १५ सय
साउदी अरेबिया– ३ लाख ८४ हजार ८६५
यूएई– ७ लाखभन्दा धेरै
बहराइन– २८ हजार
इराक– ३० हजार
साइप्रस– १७ हजार
कुवेत– १ लाख ७५ हजार


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल