Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अपडेट : मध्यराति कार डुब्यो, चार जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट सदरमुकाम गौर जाँदै गरेको कार दुर्घटना हुँदा त्यसमा सवार ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।  चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत  झुन्खुनवा चोक नजिक शनिवार राति भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको थियो । युके १२ सि २९०० नम्बरको भारतीय कार दुर्घटनामा मृत्यु हुनेमा भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेका छन् । गौर–चन्द्रनिगाहपुर खण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । राति करिब सवा १० बजेको समयमा यूके १२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । त्यसपछि कारभित्र रहेका चारै जना बाहिर निस्कन पाएनन् । कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरु निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको केही समयपछि बम नहरनजिकै नियमित ड्युटीमा रहेको प्रहरीले दुर्घटनाको खबर थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट समेत थप मद्दत मागेर घटनास्थल पुगेर कारको सीसा फुटाएर भित्र रहेकाहरुलाई निकालिएको जिल्ला प्रहरीका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।